बर्षातको अवधिमा दोलखामा साढे पाँच करोड बरावरको क्षति

Tuesday, October 15th, 2019 |

२८ असोज, दोलखा । दोलखामा बर्षात सुरु भएदेखि हालसम्म मानविय क्षेतिसँगै साढे पाँच करोड बरावरको भौतिक सम्पतिको क्षति भएको मुल्यांकन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले वर्षातको अवधिमा जिल्लामा ३ जना बेपत्ता, १ जनाको मृत्यु, ८ जना घाईते, २० चौपाया, ३ सवारी साधन, ३२ घर पुर्ण क्षतिग्रस्त, १३ घरमा आंशिक क्षति र ४ वटा सार्वजानिक पुर्वाधारहरुमा क्षति भएको तथ्यांक सार्वजानिक गरेको हो ।

जसबाट ५ करोड, ४४ लाख ७९ हजार ८ सय बरावरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । अविरल वर्षातपछिको बाढिपहिरोमा परी गौरीशंकर गाउँपालिका २, जुगुमा वेपत्ता भएका २ जना, कालिञ्चोक खोलामा बेपत्ता १ जनाको अवस्था अझै अज्ञात छ ।

प्रहरीका अनुसार सबैभन्दा बढि गौरीशंकर गाउँपालिका वडा नम्वर २ जुँगुका १८ वटा घरमा पुर्ण रुपमा क्षति पुगेको छ भने ५ घरमा आंशिक क्षति भएको छ । यसैगरी यसैगरी विगु गाउँपालिका १ लामाबगरमा ८ घरमा पुर्ण र ४ घरमा आंशिक, शैलुङ गाउँपालिका १ मा २, गौरीशंकर गाउँपालिका ७ मार्वुमा १, वडा नम्बर ८ मा १, कालिञ्चोक गाउँपालिका ४ मा १ घरमा पुर्ण क्षति पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा ३ सय ५० घरधुरी पहिरोको जोखिममा रहेको र त्यसबाट १ हजार ५ सय ९० जना प्रभावित भएको प्रहरी तथ्यांक छ । जिल्ला स्थित बिभिन्न सडकका करिव १ दर्जन खण्डहरुमा समेत पहिरोले क्षेति पु¥याएको प्रहरी विवरणमा उल्लेख छ ।

VIEWS: 207