कालिञ्चोक केवलकारले पायो ‘बेष्ट टुरिजम डेस्टिनेशन अवार्ड’

Friday, September 27th, 2019 |

‘१० असोज, काठमाण्डौँ । दोलखाको प्रसिद्ध पर्यटकिय क्षेत्र कालिञ्चोकमा संचालनमा रहेको कालिञ्चोक केवलकार बेष्ट टुरिजम डेस्टिनेशन अवार्डबाट सम्मानित भएको छ । विश्व पर्यटन दिवसको अवसरमा काठमाण्डौँमा आयोजित कार्यक्रमकाबीच उक्त अवार्ड केबलकार संचालकलाई हस्तान्तरण गरियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले केवलकारका सञ्चालक बालकृष्ण शिवाकोटीलाई अवार्ड हस्तान्तरण गरे । पर्यटन प्रवद्र्धनको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै केवलकार संचालन गर्ने कम्पनी कालिञ्चोक दर्शन प्रालीलाई बेष्ट टुुरिजम डेस्टिनेशन अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड पर्यटन क्षेत्रमा क्रियाशील उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्ने गरिन्छ । कालिञ्चोक केबलकार मुलुककै तेस्रो केवलकारको रुपमा गत बर्षबाट सञ्चालनमा आएको हो । केवलकारबाट कालिञ्चोक भगवती मन्दिरसम्म पुग्न सहज भएको छ ।

यसैगरी कतार एयरवेज, फ्लाइट कनेक्सन डमेस्टिक प्रालि, सोल्टी होटेल लिमिटेड, द बेकरी क्याफे प्रालि, फिस्टेल लज पोखरा, बुद्ध एयर, सामुदायिक होमस्टे धनकुटा, सेभेन समिट ट्रेक्स प्रालि पनि उक्त अवसरमा  सम्मानित भएका छन् ।

VIEWS: 858