दोलखामा चोरी गर्ने गिरोह सक्रिय, दुई जना पक्राउ
२५ भदौ, दोलखा । दोलखाको बिभिन्न स्थानमा चोरी गर्ने गिरोह सक्रिय हुन थालेको छ । विगत एक महिना यता जिल्लाका करिव आधा दर्जन स्थानमा चोरीका घट्ना भएका छन् । चोरीमा संलग्न दुई जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाईएको र फरार रहेकाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
भिमेश्वर नगरपालिका वडा नम्वर ४ स्थित तामाकोसी बजार, कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, ६ र ९ का बिभिन्न स्थानमा चोरीका घट्ना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चरिकोटबाट खटि गएको प्रहरी टोलीले तामाकोशी बजारका दुईवटा घरमा चोरी गर्ने एक युवकलाई गएराती पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका वडा नम्बर ५ धरमघर निवासि २३ बर्षिय रोशन कार्की रहेका छन् ।
प्रहरीका अनुसार कार्की तामाकोसी बजार स्थित यादव सिलवालको नगद ५० हजार रुपैयाँ, ओप्पो रेड कलर्स, सामसुङ मोवाईल २ थान र सोही स्थानका देवी नेपालीको १ थान सामसुङ मोवाईल चोरी गरी फरार रहेका थिए । उनलाई आफ्नै घर आसपासको क्षेत्रमा लुकिरहेको अबस्थामा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक सेते तामाङले जानकारी दिए ।
यसअघि कालिञ्चोक गाउँपालिका वडा नम्वर ५, ६ र ९ मा श्रृङखलाबद्ध रुपमा चोरीका घट्ना भएका थिए । सुन्द्रावतीको कटुवाचौर, वडा नम्वर ५ को खोले, वडा नम्वर ६ स्थित लेप्टुङ लगाएतका स्थानमा ठुलो मात्रामा नगद र धनमाल चोरी भएको थियो ।
ईलाका प्रहरी कार्यालय सिंगटीका सुंजित लामाका अनुसार ती चोरीका घट्नामा संलग्न भएका एक युवकलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाईसकेको छ भने फरार रहेका अर्का एक जनाको पनि खोजी कार्य भैरहेको छ ।