१५ सय भूकम्पपीडितलाई ट्याक्सी वितरण गरिँदै

Saturday, June 17th, 2017 |

२ असार, काठमाडौं । २०७२ वैशाख १२, १३ र १९ मा गएको विनाशकारी भूकम्पका पीडितहरुलाई ट्याक्सी वितरण गरिँदैछ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई गोलाप्रथामार्फत असार ७, ८ र ९ गते सरकारले ट्याक्सी वितरण गर्ने भएको हो ।
०७२ जेठ २८ गते सरकारले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । तर मन्त्रालय तथा विभागको प्रविधिक तयारीको ढिलाइका कारण ट्याक्सी वितरण ढिला गरि
गर्न लागिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायाण भट्टराईले सुरक्षा अभावका कारण ट्याक्सी वितरण मिति सारिएको बताए ।

यसरी गरिँदै छ वितरण

भूकम्पवाट अति प्रभावित १४ जिल्लाका पीडितलाई वितरण गरिने ट्याक्सीको संख्याको करिब एक सय गुणा माग भएपछि यसको वितरण गोलाप्रथाका माध्यमबाट गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

भूकम्प अति प्रभावित जिल्लामध्ये क्षेत्रफल र जनसंख्याका आधारमा ठूला र साना जिल्लाका प्रभावितहरुबाट ट्याक्सी माग गरिने र यसलाई कसरी वैज्ञानिक बनाइने भन्नेबारे यातायात व्यवस्था विभागले स्पष्ट तयारी गरिसकेको अधिकारीहरुले वताएका छन् ।

ट्याक्सी वितरण प्रणाली सहज बनाउन सरकारले माग गरेको १५ सय संख्याले आवेदन परेको १ लाख ४९ हजार ५ सय संख्यालाई भाग गरी आएको भागफललाई प्रत्येक जिल्लाको छुट्टाछुट्टै माग संख्याले गुणन गरी आएको उत्तर बराबरका ट्याक्सीहरु प्रत्येक जिल्लाको भागमा पर्नेछन् ।

कुन जिल्लालाई कति गते

यातायात व्यवस्था विभागका अनुसार १४ जिल्लाका भूकम्पपीडितलाई छुट्टाछुट्टै मितिमा ट्याक्सी वितरण गरिने व्यवस्था मिलाईएको छ । जसमा काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका पीडितलाई ४ सय ९१ वटा ट्याक्सी असार ७ गते, दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई ५ सय १३ वटा ट्याक्सी ८ गते वितरण गरिनेछ । त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितलाई ९ गते ४सय ९६ वटा ट्याक्सी च्यासल फुटबल ग्राउण्ड ललितपुरबाट बिहानको ८ बजेबाट ट्याक्सी वितरण सुरु गरिनेछ ।

VIEWS: 80