मापसे गरी चरिकोटमा अवान्छित गतिविधि गर्ने ४० जना प्रहरीको कारबाहीमा

Thursday, September 5th, 2019 |

१९ भदौं, दोलखा । मादक पदार्थ सेवन सेवन गरी अवान्छित गतिविधि गर्ने तीन दर्जन बढिलाई दोलखा प्रहरीले कारबाही गरेको छ । सदरमुकाम चरिकोट र आसपासका क्षेत्रमा मादक पदार्थ सेवन गरी हो–हल्ला र झैझगडा गर्ने ४० जनालाई कारबाही गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती मध्ये २२ जनालाई जरिवानाको लागि जिल्ला प्रशासन कार्यालय पठाईएको छ । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने ९ जनालाई पनि जरिना गरिएको छ भने बाँकीलाई साधारण तारेखमा राखिएको छ । प्रहरीले उनीहरुको पहिचान भने खुलाएको छैन ।
साउन १ गतेदेखि हालसम्मको अवधिमा ती व्यक्तिहरुलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसन्धान अधिकृत प्रहरी नायव निरीक्षक सेते तामाङले जानकारी दिए ।

VIEWS: 331