नेकपाको केन्द्रिय उद्योग/व्यवसाय बिभागको कमाण्ड सम्हाल्दै गुरुङ

Monday, August 19th, 2019 |

२ साउन, दोलखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उद्योग/व्यवसाय बिभाग इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य तथा संघिय सांसद पार्बत गुरुङलाई दिएको छ । प्रतिनिधि सभामा लोकप्रिय मतका साथ दोलखाबाट निर्वाचित सांसद गुरुङलाई पार्टीमा निक्कै महत्त्वपूर्ण मानिएको बिभागको जिम्मेवारी दिईएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय वैठकबाट उद्योग व्यवसाय विशेष बिभागको इन्चार्जमा गुरुङ, सहइन्चार्जमा शशि श्रेष्ठ र सचिवमा चन्द्र रिजाल चयन भएका हुन् । राष्ट्रिय अर्थतन्त्र सम्बन्धि नितिगत निर्णय र बजेट निर्माणमा समेत भुमिका खेल्नसक्ने भएकाले पार्टीभित्र उद्योग/ब्यबसाय बिशेष बिभाग महत्त्वपूर्ण मानिन्छ ।

इन्चार्जमा चयन भाएका गुरुङ यसअघि संघिय मन्त्री बन्ने चर्चा थियो । तत्कालीन संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी उनले पाउने सम्भावना थियो । यद्यपि प्रधानमन्त्री केपी ओलिले गुरुङको समेत समझदारीमा पर्यटन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिए ।

प्रतिनिधी सभाको निर्वाचनमा देशभरमा सवै भन्दा बढि मत अन्तरले विजयी भएका गुरुङ पार्टी भित्र पनि उत्तिकै लोकप्रिय मानिन्छन् । तत्कालीन एमालेको चितवन महाधिवेशनबाट उनी तेस्रो सर्वाधिक मतका साथ बिजयी भएका थिए ।

गुरुङ ब्यबस्थापिका संसद अन्तर्गतको संसदिय सुनुवाइ विशेष समितिको सदस्यको भुमिकाम समेत छन् ।

 

VIEWS: 811