सुनको मुल्यमा अर्को नयाँ रेकर्ड
२० साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य सोमवार ईतिहासकै उच्चविन्दु अर्थात ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइबतार सुनको मूल्य ६६ हजार ३ सय थियो । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमबार एकैदिन १५ सयको हाराहारीमा मुल्य बढेको हो ।
यस्तै तेजाबी सुनको प्रतितोला मूल्य ६७ हजार ५ सय पुगेको छ । सोमबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारमा नयाँ रकर्ड रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा पनि परेको बताए ।
अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यापार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको सुन व्यवसायीहरुको भनाई छ ।
अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाएको छ । त्यसको असर पनि सुनको मूल्यमा परेको विश्लेषण गरिएको छ ।