ब्लड क्यान्सर पिडितलाई दोलखाली युवा समाज मलेसियाको सहयोग

Saturday, August 3rd, 2019 |

१८ साउन, दोलखा । दोलखाली युवा समाज मलेसियाले दोलखाको जिरी नगरपालिका २ श्यामाका ब्लड क्यान्सरबाट पिडित राजकुमार बस्नेतको उपचारको लागि आर्थिक सहयोग गरेको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत २९ वर्षिय बस्नेतको उपचारको लागि दोलखाली युवा समाज मलेसियाले १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग रकम शनिवार युवा समाज मलेसियाकी कोषाध्यक्ष सिर्जना कार्कीले अस्पताल पुगेर बिरामीका दाई रुद्र बस्नेतलाई हस्तान्तरण गरिन् ।

बिदेशमा बिभिन्न पेशा व्यवसाय गरी गम्भिर रोगबाट पिडितहरुको उपचारका लागि सहयोग गर्न पाएकोमा उले खुसि व्यक्त गरिन् । बिरामीको अबस्था गम्भिर रहेको र उपचारका लागि धेरै रकम लाग्ने हुँदा सहयोगका लागि पिडितका परिवार तथा आफन्तजनले सवैलाई आग्रह गरेका छन् ।

VIEWS: 727