दोलखाका एक दर्जन वढि सहकारीहरु खारेजी प्रक्रियामा

Friday, June 16th, 2017 |

२ असार, काठमाण्डौँ । डिभिजन सहकारी कार्यालयले दोलखाका एक दर्जन वढि सहकारी संस्था खारेजी प्रक्रिया अघि वढाएको छ ।
कार्यालयले नियमानुसार नचलेको भन्दै जिल्लाका १३ वटा सहकारी संघ संस्थाहरुलाई खारेजीको चेतावनी दिएको हो । कार्यालयले जारी गरेको सार्वजानिक सुचनामा ती सहकारीहरुले २ वर्षभन्दा वढि समयदेखि सम्पर्कमा नआएको, सम्पर्क हुन नसकेको, लेखा परिक्षण स्वीकृत नलिएको, स्वीकृति लिएर पनि लेखा परिक्षण नवुझाएको उल्लेख छ । यस्तै साधरण सभा नगरेको, गरेपनि प्रमाणित निर्णय नवुझाएको, सहकारी ऐन, नियम, मापदण्ड र विनियम पालना नगरेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।
डिभिजन सहकारी कार्यालयले सुचना जारी भएको मितिले १५ दिन भित्र खारेज गर्न नपर्ने पर्याप्त आधार र कारण सहित उपस्थित नभए नियमानुसार खारेज गर्ने भनेको छ । कुन कुन सहकारी खारेजी प्रक्रियामाा सुचना ईमेजमा क्लीक गर्नुहोस् ः

VIEWS: 144