दोलखाली समाज युएइ द्वारा बिशेष स्कुल लाई आर्थिक सहयोग
अनु थामी
आषाढ,१५- काठमाण्डौ
साझाबोलि सम्वाददाता-दोलखालि समाज युएइ ले काठमाण्डौ पुरानो सिनामङ्गल स्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र लाई १९,११० रुपैया आर्थिक सहयोग गरेको छ।
मस्तिष्क र स्नायु कोषहरुको स्वभाविक विकासक्रममा हुने असमान अबस्थाको रुप अटिजम हो। व्यक्तिको मस्तिष्क मा स्नायू कोषहरुको संजालले राम्रोसङ्ग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गइ सामाजिक क्रियाकलाप, संचारसिप र दोहोर्याएर गर्ने व्यबहारमा असर पुग्दछ। जसले गर्दा सन्चार गर्न कठिनाइ,सामाजिक रुपमा घुलमिल हुन नसक्ने,पुनरावृत्ति, एकोहोरोपन देखा पर्दछ।
आज भन्दा ९ वर्ष अगाडि स्थापना भएको यस केन्द्र मा अहिले ४५ जना अटिजम बालबालिकाहरुले बिशेष शिक्षा तथा विभिन्न थेरापी सेवा प्राप्त गरिरहेका छन। हाल ४५ जना अटिजम बिधार्थिको लागि उनिहरुको रेखदेख तथा स्याहार सुसार गर्नको निमिती २६ जना कर्मचारी रहेको केन्द्रकी अध्यक्ष सबिता उप्रेतिले बताउनु भयो।
सहयोग रकम दोलखाली समाज यु ए इ का निबर्तमान बरिष्ठ उपाध्यक्ष पुष्कर कुमार अधिकारी, निवर्तमान उपाध्यक्ष टन्कनाथ गुराँगाई र निवर्तमान सचिव नितेश कुमार थामी सहितले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा अध्यक्ष सविता उप्रेतीलाई हस्तान्तरण गरिएको थियो।
यसरी दोलखाली हरु विदेश मा रहदा आफ्नो कमाई बाट केही रकम कटाएर सहयोग गर्नु हुने सम्पुर्ण प्रती आभारी रहेको र आफू अत्यन्तै खुसी भएको छु, अध्यक्ष उप्रेती बताउनुहुन्छ।
अहिले घर भाडामा लिएर स्कुल चलाइरहेको हुँदा आर्थिक लगएत भौतिक ब्यबस्थापनमा कठिनाई, भौगोलिक तर्फबाट पनि समस्या भइरहेको कारण भक्तपुर को आफ्नै आधा रोपनि जग्गा तथा १.५ रोपनी जग्गा भाडामा लिएर भवन बनाउने तयारी भै रहेको अध्यक्ष उप्रेतिले बताउनु भयो।
कार्यक्रम को अन्तमा युवा समाजसेवी नवराज अर्याल ले आगामी दिनमा स्कुलको निमित्त साथ र सहयोग निरन्तर रहिरहने प्रतिवद्दता जनाउनु भएको थियो।