महासंघ भवनका लागि कालिञ्चोक गाउँपालिकाको दुई लाख पाँच हजार सहयोग

Sunday, June 30th, 2019 |

१५ असार, दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका लागि सहयोग जुट्ने क्रम बढ्दैछ । दोलखा सदरमुकाम चरिकोट स्थित लामाचौरमा निर्माणाधिन भवनका लागि कालिञ्चोक गाउँपालिकाले दुई लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ । सदरमुकाम चरिकोटमा आईतवार गाउँपालिका अध्यक्ष विन कुमार थामीले दुई लाख पाँच हजार रुपैयाँ बरावरको चेक महासंघका अध्यक्ष जिवन लामालाई हस्तान्तरण गरे ।

उक्त चेक हस्तान्तरण गर्दै उनले पत्रकारहरुको साझा संस्थाको भवन निर्माण महत्वपुर्ण उपलब्धी हुने भन्दै त्यसमा गाउँपालिकाको तर्फबाट सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे । उनले पत्रकार महासंघसँग सूचना तथा संचारको अन्य क्षेत्रमा पनि गाउँपालिका सहकार्य गर्न ईच्छुक रहेको बताए ।

त्यस क्रममा महासंघ अध्यक्ष लामाले भवनको पहिलो भुईतला निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सहयोगका लागि गाउँपालिकालाई धन्यवाद व्यक्त गरे । दोलखाका ९ वटा स्थानीय तहमध्ये यो आर्थिक वर्षमा ८ वटा स्थानीय तहले पत्रकार महासंघको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।

VIEWS: 540