भट्टराई भन्छन्-सरकारले दम्भ त्याग्नुपर्छ,

Friday, June 21st, 2019 |

६ असार, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले दम्भ त्याग्नुपर्ने बताएका छन् । दुई तिहाइ बहुमतको सरकारलाई आफ्नो दम्भ त्यागेर अगाडि बढ्न उनले सुझाव दिए ।

व्यवस्थापिका संसदको बैठकलाई शुक्रवार सम्वोधन गर्दै दम्भले दम्भले सरकारलाई नै अप्ठेरोमा पर्ने चेतावनी समेत दिए ।

भट्टराईले दशकौं लोकप्रिय भएका पार्टीहरु बढारिएको प्रसंग कोट्याउँदै ओली सरकारलाई मताधिकारको सम्मान गर्न सुझाव पनि दिएका छन् । सरकारले ल्याएको विधेयक बिवादास्पद बनेको भन्दै उनले सोचेर मात्रै विद्येयक ल्याउन आग्रह गरे।

VIEWS: 328