हावाहुरिले एक को मृत्यु, ३२ जना घाइते

Thursday, June 6th, 2019 |

बिहीबार राति आएको हावाहुरीका कारण धनगढीमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोदावरी नगरपालिकाका २४ वर्षीय वीरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार घटनामा अन्य ३२ जना घाइते छन्। उनीहरूको कैलालीका विभिन्न अस्पताल तथा सेती अञ्चचल अस्पतालमा उपचार भइरहेको छ।

धनगढीमा बिहीबार राति ८ बजेदेखि आधी घन्टा तीब्र हावाहुरी चलेको थियो। यो घटनाको क्षतिबारे अनुसन्धान भइरहेको एसपी गिरीले बताए। शाभार

 

VIEWS: 211