दोलखाका बिकास थामी प्रदेश नम्बर ३ को युवा गृहमन्त्री हुँदै संघीय संसदमा प्रदेशको प्रतिनिधि गर्दै

Thursday, June 6th, 2019 |

अनु थामी

जेष्ठ,२३-दोलखा


नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषद ले आयोजना गरेको नमुना संसदीय अभ्यास कार्यक्रम बाट दोलखाको भिमेश्वोर नगरपालिकाका बिकास थामी युवा गृहमन्त्री मा नियुक्त भएको छन् । त्यसैगरी अब हुने संघस्तरीय नमूना संसदिय अभ्यास कार्यक्रमको लागि प्रदेशबाट ७ जना प्रतिनिधि चुनिएर जाने प्रापधान छ तेस्को लागी अनलाइन तर्फबाट आउनेको लागि २ जना छुत्याएर ५ जना स्तानिय तहबाट छनोट भएर आउनेको लागि थियो र त्यसै मार्फत बिकास थामीले प्रदेश ३ बाट छनोट भै संघमा प्रतिनिधित्व गर्दै छन। लोकतान्त्रिक पद्धति मै रहेर सत्ता पक्ष र प्रतीपक्ष चुनिदै । र सरकार निर्माण हुँदै मन्त्री मण्डल गठन भएको थियोे ।त्यस्तै क्रममा प्रदेश ३ युवा सरकारको युवा प्रधानमन्त्रीमा काभ्रेका रन्जन पौडेल नियुक्त भए भने शिक्षा बिज्ञान तथा प्रबिधि युवा मन्त्री मकवानपुरका दिनेश कार्की भएका छन्। यसैगरी रामेछापका बोध प्रसाद दाहालले श्रम तथा रोजगार युवा मन्त्री समालेका छ्न भने चितवनका आरती घिमिरेले युवा तथा खेलकुद युवा मन्त्री, सिन्धुलीकि सुस्मा थिङले स्वस्थ, जनसंख्या तथा वातावरण युवा मन्त्री र धादिङको रबिना पौडेलले कृषि युवा मन्त्रीको जिम्मेवारी पाएका छ्न। राष्ट्रपतिमा सिन्धुपाल्चोक का सुमनी श्रेष्ठ चुनिन सफल भएकि थिइन् ।
भने प्रमुख संसदीय दलको नेतामा रामेछापका नृपेस सापकोटा र महासचिवमा मकवानपुर कै अस्मिता कार्कीले नेतृत्व गर्ने छिन्। बिश्वको विभिन्न देशमा धेरै अगाडि देखि युवा संसदीय अभ्यास हुँदै आइरहे पनि नेपालमा भने यो दोस्रो पटक हो ।राष्ट्रिय युवा परिषद ले अब युवा लाई जिम्मेवारी दिनुपर्छ भोलि देश हाक्ने युवाको जमातलाई संसदीय अभ्यासको बारे स्पस्ट हुनु पर्छ भन्ने मुल धेय ले गत आर्थिक बर्स देखि यो कार्यक्रम लागू गरिएको हो। यसको संरचना स्थानीय, प्रदेश र संघीय हुन्छ हाल सम्म स्थानीय सक्किसकेको र प्रादेशिक अब अन्तिम चरणमा पुगेको छ।
यसै क्रममा आज प्रदेश नम्बर ३ को प्रदेश स्तरीय युवा संसदको अभ्यास पुर्ण भएको छ। आइतबार देखि ३ नम्बर प्रदेश राजाधानी हेटौंडामा प्रदेश ३ को १३ वटा नै जिल्ला बाट विविध माध्याम बाट छानिएर आएका लगभग ४० जना युवाले जोडदार संसदीय अभ्यास गरेका थिए । आइतबार देखि बुधबार सम्म चलेको ४ दिवसीय उक्त कार्यक्रममा पहिलो दिन राष्ट्रिय युवा परिषदको काम ,कर्तव्य र अधिकार का बारे जानकारी दिदै युवाको बर्तमान अवस्था ,श्रम बजारमा युवाको प्रतिशत ,तथा राष्ट्रिय युवा नीति र युथ भिजन २०२५ का बारेमा बताउदै युवा संसदको अवधारणा किन र कहिले??? भन्ने बारेमा रमेश पौडेल ले प्रशिक्षण दिनु भएको थियोे।यस्तै क्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य तथा ने.क.पा.मकवानपुर का अध्यक्ष माननीय मुनु सिग्देलले लोकतन्त्र स्थापनाको लागि गरेको संघर्स ,ब्यब्स्था सङै अवस्था परिवर्तनका लागि युवाको आवस्यकता ,युवा लक्षित एजेन्डा निर्माणमा युवाको भुमिका ,महिला उद्धमशिलता र सिर्जनशिलता,तथा संसद भइसके पछि उसको दायित्व र भिजन के हो?? भन्ने बारे प्रदेश नम्बर ३ का आम युवा संसदको जमात लाई स्पष्ट पार्नु भएको थियो।
यस्तै क्रममा अधिवक्ता बालकृष्ण सिग्देलले ब्यब्वस्थापिका ,कार्यपालिका र न्यायपालिका को काम कर्तव्य र अधिकार लाई बताउदै यी सबै प्रमुख अङगको अन्तर सम्बन्ध बारे स्पष्ट पार्नु भयो । दोस्रो दिन नै गठन भैसकेको युवा मन्त्री मन्डलमा युवा संसदको बैठक सन्चालन भयो । र अन्तिम दिन आज राष्ट्रिय युवा परिषदका ३ नम्बर प्रदेश संयोजक श्री पबित्रा भुर्तेलको सभाध्यक्ष ,माननीय आर्थिक मामिला तथा स्थानीय बिकास मन्त्री कैलास ढुङेल को प्रमुख आतिथ्य तथा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङेलको बिशिस्ट आतिथ्यता रहेको थियो।
त्यस्तै नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल ,सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव ,जिल्ला युवा समितिका अध्यक्ष तथा पत्रकार , प्रदेश तथा प्रतिनिधि सभा सदस्य , अन्य सरोकार वाला र स्थानीय युवा जमातको बिचमा युवा संसदले भब्य संसद चलायका थिए । हेटौंडाको मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा चलिरहेको यो कार्यक्रममा राष्ट्रिय युवा परिषदका शाखा प्रमुख शारदा ज्ञावलि तथा प्रदेस संयोजक पबित्रा भुर्तेल ले सहजिकरण गर्नु भएको थियो भने रमेश कुमार पौडेलले प्रशिक्षण दिनु भएको थियोे ।

VIEWS: 1904