लाखाँै विदेशिने नेपाली हरुका लागि रमण थामीको मार्मिक गित संझनाले पोल्छ छाति (हेर्नुहोस भिडियो)
अनु थामी
जेष्ठ,२३- काठमाण्डौ
लामो समय देखि सांगितिक क्षेत्रमा आवद्ध भई कलाकारीताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रमण थामी यसपटक पनि पुनः नयाँ कोसेलीको साथ आएका छन् । धेरै दर्शक स्रोताहरु रमण थामी को नयाँ गितको पर्खाइमा हुने गर्दछन् । दर्शक स्रोताको पर्खाइलाई अन्त गर्दै दोशन थामीको पहिलो प्रस्तुति निक्कै नै मार्मिक शब्द सिर्जना रहेको र रमण थामीको सुमधुर आवाजले सजिएको विदेशिने नेपालिहरुको पीडा समेटिएको भाव रहेको गीत लिएर आएका छन । यस गितमा गितकार दोशन थामी को सङ्गीत रहेको छ । क्यामेरा मा सुरेश थापा ले साथ दिएका छन भने राम कार्किले एरेन्ज गरेका हुन।
नेपाली संगीत क्षेत्रमा काम गरिरहेका दोलखाका गायक संगीतकार अनि जुनसुकै गीत गाउनमा सिपालु रमण थामी कतिपय चलेका कलाकारको भन्दा उत्कृष्ट स्वर रहेको थामी हत्तपत्त मिडियामा आउन चाहदैनन ।
आफ्नो काम मा जीवनभर चलिरहनु पर्छ दुई चार दिन वाह वाहि कमाएर के गर्नु मान्छे सँधै आफ्नो काम मा सन्तुष्ट हुनु पर्छ भन्ने घमण्ड र दम्भ नभएका गायक रमण थामी सवै माझ समान व्यवहार सामान्य हुन चाहान्छन
उनको सांगीतिक यात्रा १५र१६ वर्ष भैसक्यो, जनवादी गीत संगीतवाट आएका थामी आजकल आम गीत संगीतवाट व्यवसायिक हुन थालेका छन।
भाषिक सामाजिक राष्ट्रिय र व्यवासयिक गरेर डेडसय गीत गाईसकेका रमण थामी ले ५० भन्दा बढि लय रेकर्ड पनि गरिसकेका छन१
दोलखाको लापिलाङमा जन्मेका थामीले जीवनमा धेरै आरोह अवरोह पार गरेका छन आफ्नो अभावको जिन्दगी देखि उनी हार नखाने रमण थामी नेपाली गीत संगीत र आफ्नो समुदायको संस्कृती पहिचान र अस्तित्व को जगेर्णा गर्न को निमित्त गीत संगीत मार्फत पनि अत्यन्तै क्रियाशिल रहेका छन।अवसर र आर्थिक अभावका कारण पछि परेका भएता पनि उनी गीत संगीतबाट सन्तुष्ट छन। थामी भन्छन, गीत संगीत पनि एउटा समाजसेवा नै हो र यहि कामबाट समाजलाई केही छोडेर जानू छ ।