बिप्लब नेकपा का पोलिट्ब्युरो सदस्य नेकपा मा प्रवेश

Sunday, June 2nd, 2019 |

काठमाडौं, जेठ १९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।नेता राइलाई पुर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

नेता राइलाई आज बिहान पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । धेरै दिनदेखिको छलफलपछि राईलाई पार्टी प्रवेश गराएको बताइएका् छ ।

उनी पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । राई भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई पार्टीले कारवाही गरेको थियो ।

VIEWS: 201