मेरी छोरी बिक्रीमा छ, त्यो पनि लिलाम बढाबढमा !
–राजन बस्नेत
आऊ किन लिएर जाऊ । हो मेरी छोरी बिक्रीमा छ । लिलाम बढाबढ ९कसले कति बोल्न सक्छौ बोल० किनकी अब मेरी छोरी २० बर्ष पुगिसकी र ब्याचलर पनि त पूूरा गरी । मेरी छोरीको सबै भन्दा बढी मुल्य पर्ने समय यहि नै हो ।
मलाई राम्ररी थाहा छ, गालामा रातो चढेको बेला, स्तन बढेको बेला, सर्लक जवानीले सगरमाथा चढेको बेला मैले मेरी छोरीलाई बेच्नै पर्छ । हो, मैले धेरै मुल्यमा बेच्न पनि सक्छु । मैले मात्र किन र सबैले यसै गरेका छन् । किन्नेहरूले पनि यस्तै यस्तै किन्न खोज्छन् ।
ख्याल ठट्टा होइन, यो मेरो खुला विज्ञापन हो ।
मेरी छोरीलाई पैसामै बिकाउनु छ । जसले धेरै पैसा दिन्छ म उसैलाई बेचिदिन्छु । नपत्याए मागेर त हेर्नुस् ।
हो, माग्न आउनेहरूको म सम्पत्ति हेर्छु, आम्दानी हेर्छु, व्यवसाय हेर्छु, बैंक ब्यालेन्स हेर्छु ।
डिग्री वा पीएचडीले खान दिने होइन, त्यस्तालाई त म छोरी दिँदै दिन्न । न त गरिबलाई नै दिन सक्छु । इमान्दार, मेहनति र
स्वालालम्बीलाई छोरी दिने दिन गए हजुर ।
धरोधर्म मैले पैसावाला नै ज्वाईं खोजेको हुँ । चाहे अरबमा भेडा चराएर कमाएको पैसा होस वा अमेरिकामा भाँडा माभेर कमाएको
पैसावाला, पैसा पैसा नै हो । के नै फरक पर्छ र रु
पैसा कमाएको जो कोही भए नि हुन्छ । डाक्टर, इन्जिनियर नै हुनु पर्छ भन्ने छैन । एसएलसी फेल भएको व्यापारी वा उद्योगपतिको छोरा भए पनि हुन्छ वा भन्सार र करमा टन्न घुस खाई कमाउने खरदार वा सुब्बा भए नि हुन्छ ।
भ्रष्टाचार गरी कमाएको मन्त्रीको छोरा भए पनि हुन्छ । अकुत संम्पति जोडेको सचिबको छोरा भए नि हुन्छ । र्पुख्यौली संम्पति टन्न भएको गाउँको जिम्वालको छोरा भए नि हुन्छ ।
बरू नाक चुच्चे, थेप्चे, पुड्के, मोटे, चोइटे, घोप्टे जस्तो भए पनि हुन्छ । लुच्चो, छुच्चो, लफड्गो जे भए पनि पैसावाला चाँही हुनु पर्छ है ।
छोरी मनाउने जिम्मा मेरो । मैले २० बर्षसम्म पालेर जो राखेको छु । छोरी मप्रति ऋणी छे । मेरो अगाडि फिटिक्क बोल्ने हिम्मत गर्दिन ।
पैसा पैसा नै हो, आउ भाउ लगाउ, मेरी छोरी बिक्रीमा छ, लिलाम बढाबढमा ।
मेरी छोरीको भविष्य कस्तो हुनुपर्छ भन्ने र निर्णय गर्ने सम्पूर्ण अधिकार ममा छ । किनकी मैले धेरै भोटो फटालेको छु । उ मेरो रगत पनि हो ।
मलाई उसको मनको कुरा सुन्नु र बुझ्नु छँदै छैन । उ त अझै पनि केटाकेटी नै छे । उसको हित र भबिष्य सोच्ने सम्पूर्ण अधिकार ममा छ ।
पिर मान्नै पर्दैन । तर, विवाह गरेपछि घर धान्न सक्छे । बिहानै उठ्न, दैलोकुचो, जेठाजु, देवर, भाउजु, नन्द, सासु ससुरा, पति, पाहुना, परम्परा आफ्नो पढाई, जागिर सबै धान्न सक्छे ।
उसको मनको कुरा, इच्छा, चाहना, प्रेम प्रसङ्ग बुझ्नु नै छैन मलाई । किन उसलाई सोध्नु रु चाहे उसले बाल्यकालमा सँगै पढेको थापाको छोरा मन पराएको होस वा स्कूल पढ्दाको श्रेष्ठको छोरा अनि कलेज पढ्दा शर्माको छोरा होस् । अहिले त म बिबाह गर्दिन पनि भन्न सक्छे । तर, मैले उसको कुरा सुन्नु नै छैन भने किन सोधी राख्ने रु मेरी छोरी हो मेरो अगाडि नाई भन्नै सक्दिन, मलाई राम्ररी थाहा छ ।
मलाई राम्ररी थाहा छ धेरै मुल्यमा बेच्ने समय यही नै हो । मैले मात्र किन र मेरो सबै आफन्त, छिमेकी र चिनेजाने जति सबैले यसरी नै बेचेका त छन् ।
मेरी छोरी मात्र किन, कतिले आफ्नै छोरा समेत यसरी नै बेचेको मैले नै देखेको छु ।
खाली नाम मात्र ‘विवाह’ को उपमा दिएर के भो र रु बढेकी र पढेकी छोरीलाई घरमा राखी परम्परा तोड्ने हिम्मत मसँग छैन ।आउ किन, भाउ लगाउ, लिएर जाउ, मेरी छोरी बिक्रीमा छ ।
लिलाम बढाबढ ।
यो खुला बिज्ञापन हो ।