सुनिता थामीको परिवारले प्रहरी प्रसाशनले न्याय दिन नसकेको भन्दै आन्दोलन गर्ने
१८,जेष्ठ २०७६
साझाबोलि संवाददाता- काठमाडौको बसुन्धरास्थित होटल व्यवसायी सुमित मैनालीको घरमा कामदारको रुपमा रहेकी दोलखा भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीकी २० वर्षीया सुनिता थामीको घरको ट्यांकीमुनि झुण्डिएको अवस्थामा शव फेला परेको आज आठ दिन वितिसकोको छ ।करिब चार वर्षदेखि मैनालीको घरमा घरेलु कामदारको रुपमा रहेकि मृतक सुनिताको परिवारले अहिले सम्म न्याय पाउन सकिरहेको छैन ।
होटल व्य वशायी मैनालीले चार वर्षसम्म न्यून पारिश्रमिकमा काम लगाउँदै आएको र श्रम शोषण गरि मृतक सुनिता थामीलाई अन्याय गरि जघन्य आपराधिक तरिकाले चरम यातना र बलात्कार गरेर मृत्यु भैसकेको लासलार्इ ट्यांकीमुनि लगेर राखेर आत्महत्या भनेर देखाउन खोजिएको छिमेकी र मृतक कि आफन्तले आरोप लगाएका छन । उनी झुण्डिएको ट्यांकी भनिएको ठाउँ रगताम्य भएकाले पनि शंकास्पद रहेको बताउँदै आएका छन् ।
छोरिलाई बलात्कार गरेर हत्या गरेपश्चात मरेको लासलाई हाम्रो अगाडी आत्महत्या हो भनि सावित गर्न खोज्नेहरुलाई कानुन सम्वत हदै सम्मको सजाय नभएको खण्डमा यसले आगामी दिनमा जस्तो सुकै समस्या पनि निम्त्याउन सक्ने मृतकका परिवारले चेतावनी समेत दिएका छन् ।
समाज मा घटेका यस्ता घटना र आगामी दिनमा यस्ता गतिविधि हरु लाई निरुत्साहित पार्नको निम्ति दोषीलाई सजाय नभएको खण्डमा थामी समुदायका संघ संगठन लगाएत अन्य संघ संगठनले देशैभरि आन्दोलन गर्ने निर्णय गरेका छन् ।