सिके राउतसँग भएको सम्झौताको बिरोध गर्नु आश्चर्यजनक-गृहमन्त्री

Sunday, March 10th, 2019 |

२६ फागुन, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको बचाउ गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सहमतिको गलत अर्थ लगाइएको बताए ।

मुलुकका चुनौतीहरूलाई समाधानको प्रयास गर्दा बिभिन्न कोणबाट अनर्थ लगार्इनु आश्चर्यको विषय भएको उनको भनाई छ । गृहमन्त्री थापाले राजनीतिक समस्यालाई सोही रूपबाट हल गर्नुपर्ने सरकारको प्रयासको प्रतिफल २४ गतेको सहमति भएको स्प्ष्ट पारे ।

स्वतन्त्र मधेस गठबन्धन समूहले नेपाललाई विखण्डन गर्ने उद्देश्य परित्याग गरेको दाबी गर्दै उनले मधेस गठबन्धनसँग नेपालको राजनीतिक अखण्डता,स्वाधीनता रक्षा गर्न सहमति जुटेको प्रष्ट्याए ।

VIEWS: 292