प्रधानमन्त्री ओली भन्छन्-निर्मलाको हत्यारा पत्ता लगाएरै छाडिन्छ,

Wednesday, February 20th, 2019 |

८ फागुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पहिचान गरेरै छाड्ने दावी दोहोर्याएका छन् । उक्त घटनाले नेपालको अन्तर्राष्ट्रिय तहमै अपमान भएको भन्दै उनले हत्यारा पत्ता लगाएरै छोड्ने बताए ।

त्यसका लागि गहिरो अनुसन्धान भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए । सम्पूर्ण प्रमाणहरू नष्ट गरिएका कारण अनुसन्धानमा ढिलाइ भएको प्रधानमन्त्रीको भनाई छ ।

सुदूरपश्चिम प्रदेशसभालाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चेलीबेटीको बलात्कार र हत्या हुनु दर्दनाक तथा अत्यन्त पीडादायी घटना भएको बताए । प्रधानमन्त्री ओलीले राजावादीका गतिविधिहरू प्रतिगमनको अभिष्ट बोकेर धर्मका नाममा राजनीति भई रहेको सङ्केत गर्दै प्रतिगमन फर्काउने कल्पना नगर्न आग्रह समेत गरेका छन् ।

VIEWS: 245