जनज्योती माविका तीन दर्जन विद्यार्थी दीक्षित

Saturday, February 9th, 2019 |

२६ माघ, दोलखा । दोलखा कालिञ्चोक गाउँपालिका ६ स्थित जनज्योती माविका तीन दर्जन विद्यार्थीहरु दिक्षित भएका छन् । विद्यालयको स्वर्ण जयन्तीको पुर्व सन्ध्यामा शुक्रबार आयोजित जनज्योति स्काउट टुप प्रथम स्काउट दीक्षान्त समारोहमा उनीहरुलाई दिक्षित गरिएको हो ।

विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले दीक्षित गरे । विद्यार्थीहरुलाई दीक्षित गर्दै अध्यक्ष थामीले स्काउटको आदर्श र उदेश्य अनुसार अघि वढ्न विद्यार्थीहरुलाई निर्देशन दिए ।

विद्यालयका प्रधानाध्यापक गणेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्काउट आयुक्त तिर्थ खड्का लगाएतले मन्तव्य व्यक्त गरे ।

कालिञ्चोक गाउँपालिकाले गत बर्षदेखि गाउँपालिकाका निमावि र माविहरुमा स्काउट सम्बन्धि तालिम संचालन गरेको थियो ।

VIEWS: 278