एजेण्डा हेरर मतदान गर्नुस्–आचार्य

Saturday, December 8th, 2018 |

२२ मंसिर, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसनको यहि मंसिर २८ गते हुने ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशिल समूहबाट उप – महासचिव पदमा उम्मेदवारी दिएका ई. कपिल आचार्यले एजेण्डाहरु हेरेर मात्र मतदान गर्न आम इन्जिनियरहरुलाई आग्रह गरेका छन् । आज राजधानीको नयाँ बानेश्वरमा सञ्चारकर्मिहरुसँग कुरा गर्दै ई. आचार्यले, इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका करिब ४७ हजार इन्जिनियरहरु मध्ये किन २७ हजार मात्र एशोसियसनमा आवद्ध छन् भन्ने विषयले आफूलाई सधैं आश्चार्यचर्कित पार्ने गरेको पनि बताए ।

आचार्यले प्रगतिशिल समूहले अगाडि सारेका एजेन्डाहरुले मात्र वास्तविक र रहर लाग्दो एशोसियसन बनाउन सम्भव रहेको धारणा राखे ।
एजेण्डाहरु, आम इन्जिनियरहरुको विषयवस्तु बोक्न सक्ने र त्यसलाई निश्कर्षमा पुर्याउन सक्ने ताकत र क्षमता प्रगतिशिल समूहसँग मात्रै भएकोले यो निर्वाचनमा प्रगतिशिल समूहको जित हुनुपर्ने ई। कपिल आचार्र्यको भनाई थियो । मंसिर २८ गते हुने एशोसियसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्षको लागि प्रगतिशील तर्फ प्रा।डा। त्रिरत्न बज्रचार्य र लोकतान्त्रिकतर्फ प्रा।डा। हिरेन्द्रमान प्रधानको टिम चुनावी मैदानमा छ ।

प्रा· डा· त्रिरत्न बज्राचार्यले नेतृत्व गरेको प्रगतिशील समूहको उपाध्यक्ष आशिष घिमिरे, महासचिव छवि राज पोख्रेल, उप महासचिव कपिल आचार्य, कोषाध्यक्ष राम एकवाल यादव, सह कोषाध्यक्ष चाद माला श्रेष्ठ र सदस्यहरुमा प्रताप सापकोटा, दिलिप बिक, टेक कटुवाल, अनिल नेपाल, रोशन भट्टराई, शिव चापागाईं, दिपेन्द्र जम्मेरकट्टेल, छवि लाल अधिकारी, गजेन्द्र झा, सुगन्ध सुवेदी, ज्ञानेन्द्र कलौनी र चक्र चुडामणि भट्ट छन् ।

VIEWS: 260