जन्म दिन को अबसरमा बुबा आमाको नाम मा बिधालयमा अक्षय कोषको स्थापना
नितेश कुमार थामी
मङ्सिर,१६,दोलखा।
पछिल्लो समय मा फेसन जस्तै बनिरहेको हजारौं रकम खर्चिएर आफ्नो जन्म उत्सव मनाउने चलनलाई तिलान्जली दिदै रोजगारिको शिलसिला मा प्रवासि भुमी दुबै मा रहेका नेपालको तनहुँ जिल्लाका एक समाजसेवी युवा नेता भेषराज ढकालले आफ्नो जन्मदिनको खर्चले बुबा -आमाको नाममा बिद्यालयमा अक्षयकोष निर्माण गरेका छन् ।
तनहुँ जिल्ला भिमाद नगरपालिका वार्ड नम्बर ८ स्थायी घर भएका ढकाल ले सोही स्थान मा रहेको हिमालय माध्यामिक बिध्यालयमा बुवा दिननाथ ढकाल र स्वर्गिय आमा झनु मायाँ ढकालको नाममा उनले गरीव तथा जेहन्दार बिधार्थीहरुको लागि पचास हजारको रुपैयाको अक्षयकोष निर्माण गरेको हुन् ।
हरेक बर्षको मंसीर १५ मा आफ्नो जन्मदिन मनाउदै आएका ढकालले आफ्नो ३७ औ जन्मदिनलाई फजुल खर्चमा नहाली केहि सिर्जनात्मक काममा लगानी गरौ भन्ने उदेश्यले आफुले प्राथमिक तहको ज्ञान हासिल गरेको बिद्यालयलाई सहयोग गरेको बताएका छन् ।
हिमालय माध्यमिक बिद्यालय र गुरुहरुको कारण आज आफुले सफलता हासिल गर्न सकेको भन्दै आगामी दिनहरुमा देशका कर्णधार बालबालिकाको शैक्षिक स्तर वृद्धि गर्न थप टेवा होस् भन्ने हेतुले आफुले सहयोग गरेको बताएका छन ।
बिधार्थिको हरुको शैक्षिक गुणस्तरलाई सुदृढीकरण गर्न सकियोस भन्ने उद्देश्य ले स्थापना गरिएको अक्षयकोष आगामी बर्ष थप गर्ने उनले जनाएका छन् ।
बिबिध सामाजिक कार्यमा अग्रणी भुमिकामा रहेका ढकाल प्रवासी नेपाली मंच युएइ का महासचिव समेत रहेका छन!