जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थाको २१औ साधरण सभा सम्पन्न
राजु थापा
मङ्गसिर,१६,दोलखा
दोलखा बैतेशवर ८ क्षेत्रपाको क्षेत्रवती उच्च माध्यमीक बीधालयको प्राँगनमा जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थाको २१औ साधरण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष डम्बर बहादुर खड्काको आर्थिक प्रतिवेदन लेखा सुपरीवेक्षेण समीतीको प्रतीवेदन प्रभु कार्कीको र हरि सुन्दर खत्री को
ऋण उपसमीतीको प्रतीवेदन पारित गरिएको थियो ।
सचिव पुर्ण बहादुर श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष जीवसराज खड्का बोल्दै विभिन्न कठिनाइका बाबजुत सहकारीहरुले सामाजिक तथा आर्थिक गतिविधिहरुलाई निरन्तरता दिएको उल्लेख गरे ।
कार्यक्रममा जनमुखी साकोशका सहसचीब राजन केसी बैतेशवर गाँउपालीका वडा नं. ८ का वडाअध्यक्ष रमेश अधिकारी लगायतले बोल्दै सहकारीले हुनेखाने भन्दा हुँदा खानेहरुको पहुँचमा रहेर काम गनुपर्नेमा जोड दिए ।
संस्थाको हाल सम्मको अधिकृत पुँजी करीव सात करोड़१८ लाख ५१ हज़ार ५४८ रूपैया ९७,१८,५१,५४८।५३०र शेयर सदस्य महिला तर्फ १२३८ पुरूष तर्फ १२०३ संस्था १६ वटा बाल ३८० जना बूद्द ६९ जना गरी जम्मा २९०० सय शेयर सदस्य रहेको उपाध्यक्ष कृष्ण अधीकारीले जानकारी दीएका छन् ।
कार्यक्रमको संस्थाका अध्यक्ष एवं जील्ला सहकारी संघको अध्यक्ष जीवशराज खड्काले दिप प्रज्वलन गरि समुदघाटन गर्दै आगामि समयमा नयाँ तरिकाले यस जनकल्याण सहकारीलाई अघि बढाउन सक्रिय सहयोग एवं योगदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।अध्यक्ष खड्काले गत बर्ष निर्वाचित समीतीले सहकारीले पछिल्लो समयमा गरेको प्रगति सह«ाहनिय भएकोमा खुसि व्यक्त गरेका थिए । कार्यक्रममा जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारीका २९०० भन्दा वढि शेयर सदस्यहरुको सहकारीले उद्योग, व्यापार, कृषि लगायतको क्षेत्रमा लगानी गरिरहेको उपाध्यक्ष कृष्ण बहादुर अधीकारीले वताएका छन् । सोही कार्यक्रममा वीभीन्न बीधामा शेयर सदस्यहरूलाई नगद सहीत सम्मान गरीएको थीयो ।
सहकारीको कार्य क्षेत्र भीत्रको वीभीन्न वीधालयको छात्र र छात्राहरूलाई एसीईमा उत्कृष्ट बीधार्थीलाई छात्रवृति प्रदान, वृद्ध सम्मान तर्फ गणेश ब खत्री, विष्णुमाया वस्नेतलाई नगद सहीत सम्मान, जेष्ठ शेयर सदस्य तर्फ नर बहादुर खत्री, गंगामाया कार्की तथा असल सदस्य तर्फ टहल बहादुर श्रेष्ठ वुधमाया श्रेस्ठ एवम मासिक वचत तर्फ बैतेश्वर गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश कुमार अधिकारीलाई पनी सम्मान गरीएको थियो ।