भिमेश्वर नगरपालिका एकका ३० वालवालिकाले पाए न्यानो

Saturday, December 1st, 2018 |

१५ मंसिर, दोलखा । दोलखा भिमेश्वर नगरपालिका १ स्थित एक विद्यालयका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । हाल नर्वे रहेका लोक सुब्बाको आर्थिक सहयोगमा भिनपा–१, को भुमेश्वरी प्राथमिक विद्यालयमा बालकक्षा देखि कक्षा ३ सम्म अध्ययनरत २२ जना अन्य विद्यालयका गरी जम्मा ३० जना वालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वीटर लगाएतका न्यानो कपडा वितरण गरिएको र जाडो मौसममा बालवालिकालाई ठुलो राहात मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक थामीले जानकारी दिए ।

स्थानीय युवा विकास थामीको पहलमा समाजसेवी सुव्वाले पठाएको आर्थिक सहयोगमा वालवालिकाहरुले न्यानो कपडा पाएका हुन् । यो मौसममा गरिब बालवालिकाले कष्टकर दैनिकी विताईरहेको देखेर आफुले न्यानोका लागि सानो पहल गरेको बताए ।

न्यानो कमजोर आर्थिक अवस्थाका कारण जाडो मौसममा न्यानोबाट विमुख बालवालिकाले यो राहात पाएपछि उनीहरुका अविभावकहरुले खुसि व्यक्त गरे । कार्यक्रममा वडा सदस्य तिलक थामी, शिक्षक गंगा प्रसाद पाठक, निकोभुमे म्युजिक प्रालिका राजकुमार थामी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

VIEWS: 1144