अनौठो रोग “हेटेरोटोपिक गर्भवती” को सफल उपचार चरिकोट अस्पतालमा

Friday, November 30th, 2018 |

नवीनकुमार खतिवडा

दोलखा


न्याय हेल्थ को सहयोग मा सेवा प्राप्त भएको चरिकोट अस्पातल दोलखा मा पहिलो पटक अनौठो हेटेरोटिक गर्भवती रोग पत्ता लागि सफल शल्यक्रिया भएको छ ।
अस्पताल का डाक्टर बिनोद का अनुसार सामान्य रुपमा गर्भ पाठेघर मा मात्र बस्छ , १०० मा १ जनाको गर्व पाठेघर भन्दा बहिर बस्छ तर ४००० जनामा १ जनाको गर्व पाठेघर र पाठेघर बाहिर दुबै ठाउमा बस्ने हुन्छ यस्तो रोगलाई हेटेरोटोपिक रोग भनिन्छ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर १ श्यामा बस्ने बर्ष २२ कि कमला कार्की खड्का को बिबाह भएको ४ बर्ष बित्यो गर्भ ६ हप्ता देखी बसे पनि २ दिन देखी योनी बाट रगत गएपछि उनलाई अस्पातल लागिएको थियो। उनी जिरी अस्पतालमा उपचारको लागि गएकी तर जिरी अस्पताल ले ठुलै शल्यक्रिया गर्नु पर्छ भनि रिफर गरेपछी गएराती उनलाई चरिकोट अस्पतालमा ल्याईएको हो।

चरिकोट ल्याउनासाथ उपचारका लागि डा बिनोद,डा तुला ,डा बिस्रुट , खेमा स्वार, डा बिज्ञान को टिम तुरुन्त तयार भएर रोग पत्ता लगाइ ३ घण्टा को लामो शल्यक्रिया पछी ज्यान बचाउन सफल भएको हो। शल्यक्रिया राति १२ बजे शुरु गरि बिहान ३ बजे तिर सकिएको मेडिकल डाईरेक्टर डा बिनोद बताउछन, शल्यक्रिया गर्दा पेट्बाट जमेको २ लिटर रगत निकालिएको थियो। यसरी सबैको सहयोगमा तुरुन्त उपचार गर्न सकिएकाले डाईरेक्टर डा बिनोद ले सबैलाई धन्यवाद दिएका छन ।
२२ बर्षिय कमलाका श्रीमान अणराज वैदेशिक रोजगार को शिलशिलामा बिदेश बस्ने गर्दछन उनी भन्छन तुरुन्तै शल्यक्रिया नभएको भए श्रीमती कमलाको ज्यान जान सक्ने थियो तर अस्पातल ले समयमा उपचार गरी ज्यान बाचाएको अत्यन्तै खुशी भएका छन ।उनले आफ्नो श्रीमती को ज्यान बचाउन सफल भएकोमा अस्पताल लाई धन्यवाद पनि दिएका छन।

शल्यक्रिया को लागि नेपाल रेडक्रस सोसाइटी को सहयोग मा सुरु भएको रक्तसन्चार सेवा जिल्ला स्वास्थ्य को भाबन बाट ५ प्याक रगत तयार गरी सम्पन्न गरिएको थियो।
कुनै पनि १५ देखि ५१ बर्ष का महिला को महिनावारी रोकिएर अली अली योनी बाट रगत गएमा, पेट दुखेमा यस्तो रोगको लक्ष्यण हुन सक्ने भएकाले तुरुन्त अस्पताल गएर उपचार गर्नुपर्ने अस्पातल का मेडिकल डाईरेक्टर डा बिनोद दङ्गाल बताउछन।

पछिल्लो समय चरिकोट अस्पातलमा सेवा चुस्त हुँदै आएपछी दैनिक ३०० जनाले निशुल्क सेवा पाईरहेका छन भने महिनामा झन्डै १०० वटा सामान्य प्रसुती हुने जसमध्ये १० वटा जति भने शल्यक्रिया बाट बच्चा निकलिन्छ।यस अस्पतालमा बिरामी को चाप उच्च रहेकाले गुणस्तरीय सेवा प्रदान गर्न सबै निकाएले सहयोग गर्नुपर्ने प्राथमिक स्वास्थ केन्द्रकि इन्चार्ज डा क्षमता घिमिरेको भनाइ छ ।

VIEWS: 1252