दोलखा प्रहरीको सक्रियता, बिभिन्न घट्नाका दोषी धमाधम पक्राउ पर्दै

Wednesday, November 21st, 2018 |

५ मंसिर, दोलखा । ज्यान मार्ने उद्योगमा दोलखा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको साविक नाम्दु गाविस ६ का धन बहादुर विश्वकर्मा रहेका छन् ।

उनलाई विशेष सुचनाका आधारमा गाउँमै पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विकलाई बाँकी कैद भुक्तानका लागि जिल्ला अदालत बुझाई कारागार चलान गरिएको छ । उनलाई जिल्ला अदालतले ५ वर्षको कैद सजाय फैसला गरेकोमा ३ वर्ष ३ महिना ९ दिन कैद भुक्ता गर्न बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले कैद तथा जरिवाना तोकिएका अपराधीहरुलाई खोजतलाश तथा पक्राउ गर्ने कार्य अभियानकै रुपमा थालनी गरिएको जनाएको छ । सरकारले यस बर्षलाई फैसला कार्यान्वयन बर्षको रुपमा घोषणा गरेको छ ।
सोही अनुसार दोलखामा एक साताको अवधिमा ५ जनालाई पक्राउ गरी अदालत बुझाईएको छ ।

VIEWS: 392