यूएइमा रहेका कुशल नेपाली व्यवसायी ओम उपे्रति कलाकारितामा अग्रसर हुँदै, (हेर्नुहोस भिडियो)

Wednesday, November 21st, 2018 |

मंसिर,५,दोलखा


युएईमा रहँदै आएका नेपाली सफल ब्यावसायी र सामाजिक सेवामा अग्रसर व्यक्तित्व ओम उप्रेती नेपाली कलाकारितामा उत्तिकै क्रियाशिल रहेका छन् । युएईमा रहेर लामो समय सम्म रोजगारीमा कार्यसिल रहेर आफैँले लाइफ गार्डको तालिम र सप्लाईको ब्यवसाय संचालन गर्दै आएका चितवन खैरेनीका उप्रेती नेपाली कलाकारिताको क्षेत्रमा विदेशमा नै रहेर पनि योगदान दिइरहेका छन् ।

डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक हुन ओम उप्रेती। उनले युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउन नेपालका १७ जिल्लामा निशुल्क प्राथमिक उपचार तालिम दिदै आएका छन् ।कलाकारिताको क्षेत्रमा मात्र नभएर नेपालका १७ जिल्लामा करिबकरिब ३ हजार जनालाई निःशुल्क प्राथमिक उपचार प्रदान गर्दै आइरहेका छन ।

पछिल्लोपटक तालिमकै सिलसिलामा नेपाल गएको अवसर पारि राम्रीमा राम्री जूनभन्दा राम्री बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेका थिए । नेपाली पानीमा जनताको लगानी बोलको देशभक्ति गीतको भिडियोबाट अभिनय क्षेत्रमा पाइला टेकेका हुन् । विभिन्न गीतहरुमा अभिनय गरि सकेका उप्रेतीले आगामी दिनमा एक्सन नायक निखिल उप्रेती नेपाली चलचित्रमा पनि अभिनय गर्ने बताएका छन् । विदेशी भूमिमा रहेर पनि नेपालको निम्ति सामाजिक सेवा र कलाकारिताको संरक्षण एवम संवद्र्धन कार्यको निम्ति समय व्यवस्थापन गर्न सक्नु आफैमा एक महत्वपूर्ण कार्य सावित रहको छ ।

कुशल व्यावसायिक, समाजिक अभियान्ता र लोकप्रिय कलाकार ओम उप्रेतीले पछिल्लो पटक यूरोपमा रहेर पनि नेपाली कला मा अमूल्य योगदान दिँदै आएका गायक तुलसी शिवाकोटीको स्वरमा रहेको” राम्री “बोलको गीतको भिडियोमा अभिनय गरेका छन् । रोशन श्रेष्ठको निर्देशनमा रहेको गीतमा निरज श्रेष्ठको उत्कृष्ट संगीत रहेको छ भने अदृश्य कुलुङ्गको उत्कृष्ट शब्द रहेको छ । कोरियोग्रफर सञ्जय लामाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा ओम उप्रेती र बिनिता ओलीको उत्कृष्ट अभिनय रहेको छ भने माधव बेल्बासेले गीतको म्युजिक भिडियोलाई सम्पादन गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो

VIEWS: 469