दोलखामा प्रचण्डको स्वागत, यसरी बित्यो झण्डै चार घण्टा (फोटोफिचर)

Saturday, November 17th, 2018 |

१ मंसिर, दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई शनिवार दोलखामा भव्य स्वागत गरिएको छ । हेलिकप्टर मार्फत दिउँसो करिव १ बजे सदरमुकाम चरिकोट ओर्लिएका उनको स्वागतका लागि नेकपाका नेता कार्यकर्ता देखि सर्वसाधरणको बाक्लो उपस्थिति देखियो ।

पार्टी एकिकरणपछि पहिलो पटक दोलखा आएका प्रचण्डलाई स्वागत गर्न चरिकोट सातदोबाटो देखि पार्टी कार्यालयसम्म नेता कार्यकर्ता र सर्बसाधरण उल्लेख्य संख्यामा फुलमाला लिएर उपस्थित थिए । उनको स्वागतका लागि उपस्थित भिड व्यवस्थित गर्न प्रहरी र स्वयमसेवकहरुलाई समेत हम्मेहम्मे पर्यो । उनलाई बाजागाजा सहित स्वागत गरिएको थियो ।

पार्टी कार्यालयमा उनले नेता कार्यकर्तालाई समयसामयिक परिस्थिति, पार्टी एकता र सरकारको कामकारबाहीबारे प्रशिक्षण दिए । त्यसपछि जिल्ला फुटवल संघको कार्यालय निरीक्षण गरेर कार्यक्रम स्थल टुडिखेल पुगेर कार्यक्रमको उद्घाटन गरे ।

स्वर्गिय छोरा प्रकाश दाहालको स्मृतिमा आजदेखि सदरमुकाम चरिकोटमा सुरु भएको प्रकाश स्मृति कप फुटवल प्रतियोगिता उद्घाटनका लागि प्रचण्ड दोलखा आएका हुन् । उनको आगमनका कारण चरिकोटको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रतियोगिताको उद्घाटन पछि उनी आजै काठमाण्डौँ फर्किएका छन् ।

VIEWS: 677