नेकपा अध्यक्ष प्रचण्ड दोलखामा

Saturday, November 17th, 2018 |

१ मंसिर, दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज दोलखा आउँदैछन् । स्वर्गिय छोरा प्रकाश दाहालको स्मृतिमा आजदेखि सदरमुकाम चरिकोटमा सुरु हुने प्रकाश स्मृति कप फुटवल प्रतियोगिता उद्घाटनका लागि प्रचण्ड दोलखा आउन लागेका हुन् ।

पुर्व प्रधानमन्त्री समेत रहेको प्रचण्ड मध्यान्ह १२ बजे चरिकोट आईपुग्ने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटन अघि उनलाई नेकपाका जिल्ला नेताहरुले चरिकोट सातदोवाटो स्थित पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम छ । उनको साथमा युवा तथा खेलकुद मन्त्री पनि दोलखा आउँदैछन् ।

स्वर्गिय प्रकाशको स्मृतिमा पहिलो पटक दोलखामा सर्बाधिक राशीको फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको हो । आजदेखि सुरु हुने प्रतियोगिता आगामी मँसिर ७ गतेसम्म चल्नेछ । पुर्नसंगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम) को आयोजना र दोलखा जिल्ला फुटवल सँघको सह–आयोजनामा प्रगियोगिता हुन लागेको हो ।

VIEWS: 364