नेपाल राष्ट्र बैंकले १ सय १४ पदमा कर्मचारी लिँदै (हेर्नुस् विज्ञापन)

Thursday, November 15th, 2018 |

२९ कात्तिक, काठमाडौं – नेपाल राष्ट्र बैंकले एक सय भन्दा बढि पदमा दरखास्त आव्हान गरेको छ । बैंकले विभिन्न १ सय १४ पदमा कर्मचारी माग गरेको हो ।

बंैकले प्रकाशित गरेको विज्ञापनअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना माग गरिएको छ । यस्तै सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

VIEWS: 287