सर्वाधिक राशिको प्रथम प्रकाश स्मृति कप दोलखाको चकिोटमा सम्पन्न हुने

Wednesday, November 14th, 2018 |

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा मङ्गसिर १ गते देखि मङ्गसिर ७ गते सम्म आयोजना गरिने सर्वाधिक राशिको प्रथम प्रकाश स्मृति कपको डेमो तथा टाइसेट सार्वजनिक भएको छ ।

प्रतियोगिता आयोजक रिनेजम नेपाल र सह आयोजक दोलखा जिल्ला फुटबल संघले सोमवार एक कार्यक्रमको आयोजना गरि डेमो तथा टाइसेटको सार्वजनिक गरिएको हो। आयोजित कार्यक्रममा भिमेश्वर नगरपालिका प्रमुख भरत के. सि. ले कपको डेमो तथा दोलखा स्थित रण भिम गणका गणपति विदुर अधिकारिले टाइसेट सार्वजनिक गर्नु भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार तथा तृतिय हुने दुई वटै टिमले ३०/३० हजार साथै सिल्ड एवम मेडल र प्रमाणपत्र पाउने छन् यसका साथै प्रतियोगितामा उत्कृष्ट हुने किपर, स्ट्राइकर, डिफेण्डर, हाई स्कोरर,म्याच अफ दि टुर्नामेण्टलाई पनि नगद रु. १० हजार तथा सिल्ड, मेडल तथा प्रमाण पत्र पनि प्रदान गरिने कार्यक्रम रहेको सह संयोजक विजय चौँलागाई ले बताएका छन् ।

VIEWS: 162