भ्यानको ठक्करबाट दोलखा विगु गाउँपालिकाकी एक महिलाको मृत्यु

Sunday, November 11th, 2018 |

२५ कात्तिक, दोलखा । दोलखा विगु गाउँपालिकाकी एक महिलाको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा विगु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाई तामाङ रहेकी छिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आज विहान पौने ६ बजेको समयमा उक्त घट्ना भएको हो । तामाङलाई बाटो काट्ने क्रममा कनकाई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा को १ च ७७०५ नम्बरको पिकअपले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको थियो ।

उनलाई ठक्कर दिएपछि भ्यान पनि पल्टिएको बताईएको छ । चौपाया बोकेको भ्यान पल्टिदा चार वटा राँगा समेत मरेको प्रहरीले जनाएको छ ।

VIEWS: 569