राजधानीमा सांसद खड्काको भव्य चियापान, नेता कार्यकर्ता, कलाकारदेखि सर्बसाधरणको जमघट

Monday, November 5th, 2018 |

१९ कात्तिक, काठमाण्डौ । दोलखा क्षेत्र नम्वर १ बाट प्रदेशसभामा निर्वाचित सांसद विशाल खडकाले केन्द्रिय राजधानी काठमाण्डौँमा भव्य शुभकामना आदान प्रदान तथा चियापानको आयोजना गरेका छन् ।

प्रदेशसभामा जनप्रतिनिधिको रुपमा निर्वाचित खड्काले विजयादशमी, दिपावली लगाएतका महत्वपुर्ण पर्बहरुको अवसरमा पहिलो पटक भव्य कार्यक्रमको आयोजना गरी एकताभावको सन्देश प्रबाह गर्ने प्रयास गरे । सांसद खड्का नेकपाका युवा नेता समेत हुन् । एकिकरणपछि पार्टीभित्र भावनात्मक एकता कायम भैनसकेको र जनतामा पनि निराशा पैदा भैरहेका बेला सांसद खड्काले पार्टीका अधिकांश नेता कार्यकर्ता देखि सर्वसाधरणलाई समेत एकैठाउँमा जमघट गराएर शुभकामना आदानप्रदान गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ। प्रदेशसभाका सांसदहरु पशुपति चौँलागाई, सरस्वती बस्नेत, आंगदेण्डी शेर्पा लगाएतका सांसदहरु सहित अगुवा नेता कार्यकर्ता, विभिन्न क्षेत्रका व्यक्तित्व सहित दोलखालीहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रम काठमाडौँस्थित नेपाल कमर्श क्याम्पस मिनभवन परिसरमा सम्पन्न भएको हो । कार्यक्रममा कलाकारहरुसँग सहभागिहरु सांगितिक प्रस्तुती र नृत्य सहित रमाएका थिए ।

चियापान कार्यक्रममा उपस्थित भएका नेपाल आईडलको टप ८ प्रतिस्पर्धी पवन गिरीले आफुलाई नेपाल आईडलको अघिल्लो चरण उक्लिन भोट दिएर साथ दिन आग्रह गरे ।

VIEWS: 575