परदेशबाट बहिनीलाई चिठी
प्रिय बैनी
तिम्रा टिलपिल मोतिका दाना झै आँसु झार्दै तिहार आयो दाइ भन्दा म केहि समय निशब्द भए केहि पनि बोलिन । मात्र हेरि रहे अनि सोची रहे तिमिले फोन घुमायौ ता की मैले तिम्रो आँसु नदेखु ।
सायद यहि मनसाय थियो होला, जब घुमाएको फोनबाट त्यो आगनिको डिलमुनी ढकमक्क फुलेका मखमलि फुल झुल्दै मलाइ नै नियालेको आभास भयो । म भक्कानिए शब्द निस्किएन गला अबरुद्ध भयो मुटु माथी ढुङ्गा झरे झै भयो अनि फोन काटियो केहि सोची रहे टोलाइ रहे हेरि रहे मेरो पनि आँखाबाट तपतप आँसु झरी रहेको रहेछ ।
मैले देश र प्रबाशिएका लाखौं लाख युवालाई सम्झिए अनि ती तिमी जस्तै आखा रसाएर दाजुभाइको बाटो कुरि रहेको हजारौं चेलीबेटी सम्झिय र दुस्साहस गरेर केहि तिम्रो म्यासेज बक्समा लेखी रहे तर सेन्ड गर्न थरथर भए हात । सकिन टोलाएर खै कता हराए तेहि बेला सितल हावा चल्यो हावाको झोकाले पीडा उडाइ लग्यो अनि मुसुक्क मुस्कुराउदै तिमीलाइ सन्देश लेखे ।
बैनि हाम्रो केहि आवश्यकता पूरा गर्न हजारौं खुसीहरु निमोठिएका छन् । चिमोठिएका छन । खुशीको मुना पलाउन नपाउदै चुडाइन्छ । यो तिम्रो र मेरो मात्रै समस्या होइन यो देशको समस्या हो हामी गरिब नेपालीको समस्या हो तिमी अलिकति पनि पिर नगर म जस्तैः ५० लाख युवा दाजुभाइ प्रबासमा हुनुहुन्छ अनि हजारौं चेलीहरु तिमी जस्तै टिलपिल आखाभरी आँसु पार्दै मखमली सयपत्री बटुल्दै दाजुभाइको सम्झनामा हरेक तिहार बिताइ रहेको छन । प्रबासमा रहेको हरेक दाजुभाइलाई चेलिको आशीर्वाद लागोस देशले काजुली फेरोस फेरि तेहि हरियो पासपोर्ट बोकेर प्रबासको गल्ली गल्ली धाउन नपरोस् चेलिका आँसु नझरुन । चेलीबेटी र दाजुभाइको सम्बन्ध मखमलि जस्तै बनोस् । तिहारको शुभकामना । आगामी दिनमा तिमीले उनेको मखमली माला ओइलाउन नदिने बाचा सहित ओझेल पर्दछु ।
तिम्रो परदेशि दाजु
रमेश बस्नेत मलेसीया ।