भीमेश्वर बहुउद्देश्यीय सहकारी ले दाना उद्योग सन्चालन गर्दै

Sunday, November 4th, 2018 |

नवीनकुमार खतिवडा

असोज,१८, दोलखा


दोलखाको तामाकोसी गाउँ पालिका वडा नम्बर १ भीरकोट स्थित भीमेश्वर बहुउद्देश्यीय सहकारी सस्थाले पशुपन्छी दाना उद्योग सन्चालन गर्ने भएको छ। सस्थाले आफ्नो २३ औ स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा उद्योग सन्चालन गर्ने घोषणा गरेको हो।

स्थापना दिवस कार्यक्रममा सस्थाका अध्यक्ष श्यामकाजी कटुवाल ले करिब ७ करोड को लगानीमा दाना उद्योग सन्चालन गर्ने तयारी रहेको प्रस्ताव पत्र प्रस्तुत गर्नुभएको थियो।सस्थाले बचत तथा ऋण सम्बन्धि बित्तिय तथा सहकारी मार्फत उत्पादन ,संकलन र बजारीकरण जस्ता गैर बित्तीय कार्यहरु गरि सदस्यहरु लाई सेवा प्रदान गर्दै आइरहेको छ। सस्थामा आबद्ध सदस्यहरुलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउन तथा जग्गाजमिन लाई उत्पादनमा परिणत गरि उत्पादित कच्चा पदार्थ समेत यहि को प्रयोग गर्ने र यसबाट धेरै जनशक्ति ले रोजगार पाउने उदेश्य ले दाना उद्योग स्थापना गर्न लागिएको सस्थाका ब्यबस्थापक मेघराज घिमिरेले जानकारी दिनुभयो। सस्थाले विभिन्न सरकारी तथा गैरसरकारी निकाएको अनुदान तथा सापटी सदस्य हरुको शेयर र सस्थाको पुजी परिचालन बाट उक्त उद्योग सन्चालन गर्न लागेको हो।

                        

सस्थाको २३ औ स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथि पुर्व सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द प्रसाद पोखरेल ले सस्थाले हालसम्म गरेका गतिविधि हरु सदस्य मैत्री भएको र दाना उद्योग समेत सन्चालन गर्न लागेको ले खुसी व्यक्त गर्दै यसको सन्चालन मा आफुले सक्दो सहयोग गर्ने र प्रदेश सरकार तथा केन्द्र सरकार समक्ष यो प्रस्ताव पुर्याई सरकारी अनुदान प्रदान गर्न मध्यस्थकर्ता को भुमिका निभाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ। २०५२ सालमा स्थापित सहकारी सस्थामा २०७५ अषाढ मसान्तसम्म कुल सदस्य संख्या महिला ३हजार १८, पुरूष २ हजार ६ सय ७० समूह ५० र बाल सदस्य २ हजार १ सय २७ गरि जम्मा सदस्य ७ हजार ८ सय ६५ जना सदस्य रहेका छन संस्थामा संस्थाकाे शेयर पुजी १ कराेेड ७० लाख ५३हजार ४सय रहेको छ।कार्यक्रममा सस्थाकी उपाध्यक्ष अम्बिका पाेखरेल,तामाकोसी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष महेश काफ्ले ,, दाेलखा उद्योग वाणिज्य संघ अध्यक्ष सुन्दर कार्की ,दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष जिवस राज खड्का, वैतेश्वर गाउँ पालिका उपाध्यक्ष रवि चन्द्र अाचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

VIEWS: 640