आवाज नेपाल दोलखालाई अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाको आर्थिक सहयोग

Sunday, October 28th, 2018 |

अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाको नव निर्वाचित कार्य समितिले आवाज नेपाल दोलखालाई रु १५,००० (अक्षरुपी रु. पन्ध्र हजार मात्र) आर्थिक रकम सहयोग गरेको छ ।

बैदेशिक रोजगारीमा होमिएका दोलखालीहरुलाई रोजगारीको शिलशिलामा आई परेको समस्यालाई समाधान गर्ने उद्धेश्यले २०७३ सालमा स्थापना भएको यो सामाजिक संस्थाले देश तथा विदेशमा पनि आर्थिक तथा अन्य भौतिक सहयोगहरु गर्दै आई रहेको छ ।

असहाय महिला तथा बालबालिकाको उद्धार तथा रेखदेखमा लीन दोलखा जिल्लामा रहेको आवाज नेपाल आज भन्दा करिब ६ वर्ष पहिले विधिवत रुपमा दर्ता भएको थियो । स्थापना कालदेखि नै विभिन्न चुनौति पार गर्दै आएको यो संस्थालाई हाल सम्म राज्यबाट जम्मा ३९०००० राहत मिलेको आवाज नेपालको प्रमुख सिर्जना कार्कीले बताएकी छिन् । हाल यो संस्थामा महिला तथा बालबालिका गरेर ८ जनाको स्याहार सुसार भइरहेको र हालसम्म गरेर करिव ८०० जना भन्दा माथिका असहाय महिला तथा बालबालिका लाई सहयोग तथा उद्धार गरिसकेको जानकारी गराएकी छिन् ।

अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाको पहिलो अधिवेशन पश्चात बनेको नयाँ कार्यसमितिको यो उदाहरणीय कामको प्रशंसा गर्दै पूर्व प्रवासीहरुको संगठन रिटर्नी माइग्रेट नेपालका केन्द्रिय महासचिव लक्ष्मी प्रसाद आचार्यले पनि रु. ५००० (अक्षरुपी रु. पाँच हजार मात्र) सहयोग गरेका छन् । त्यस्तै यो आवाज नेपाल अझ सफलता पाउन सकोस भन्दै समन्वय समाजका बरिष्ठ उपाध्यक्षले पनि रु. ५,००० (अक्षरुपी रु. पाँच हजार मात्र ) सहयोग गरेका छन् ।

यसरि अन्तर्राष्ट्रिय समन्वय समाजले आवाज नेपालकै कार्यालयमा आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यमा जम्मा रु. २५००० (अक्षरुपी रु. पच्चीस हजार मात्र) समाजका निवर्तमान अध्यक्ष हरि खत्री तथा वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारीको हात बाट संयोजक सिर्जना कार्कीलाई हस्तान्तरण गरिएको थियो ।

VIEWS: 800