दोलखाको गौरीशंकरमा आगलागीमा परी एकै परिवारका दुई जनाले ज्यान गुमाए

Friday, October 26th, 2018 |

९ कात्तिक, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा आगलागीमा परी एकै परिवारका दुई जनाले ज्यान गुमाएका छन् । आगलागीमा परी सोही परिवारका एक जना घाईते भएका छन् ।

गौरीशंकर गाउँपालिका ९,टासिनाम स्थित गोपाल शेर्पाको घरमा आगलागी भएको हो । आगलागीमा परी मृत्यु हुनेमा गोपालकी ८० वर्षीया आमा डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पा रहेका छन् । आगलागीमा परी उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको सदरमुकाम चरिकोट स्थित अस्पतालमा उपचार भैरहेको छ । विहान करिब २ बजेको समयमा घरमा आगलागी भएको थियो । प्रहरी र स्थानीयको सक्रियतामा आगो साँढे ४ बजेतिर नियन्त्रणमा आएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

अगेना नजिकैको कपडा अगेनामा परि आगलागी भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । शेर्पाको ७ जनाको परिवार रहेकोमा अन्य सदस्यहरु गोठमा बस्दै आएकाले उनीहरु आगलागीबाट बाँच्न सफल भएको स्थानीलय जानकारी दिएका छन् ।

VIEWS: 246