पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि जुट्यो झण्डै ४१ लाख सहयोग
८ असोज, दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाको बहुदेश्यीय पक्की भवन निर्माण कार्यले तिब्रता पाएको छ । एक तला निर्माण कार्य यही वर्ष पुरा गर्नेगरी तयारी तिब्र पारिएको महासंघले जनाएको छ । चालु आर्थिक बर्षभित्रै एक तला निर्माण कार्य सक्पन्न गर्नेगरी आर्थिक, निर्माण सामाग्री संकलन लगाएत अन्य तयारी भैरहेको छ ।
सदरमुकाम चरिकोट स्थित लामाचौरको दुई सय वर्गमिटर क्षेत्रफलमा महासंघको भवन निर्माणाधिन अवस्थामा छ । भवनको डिपिसिसम्मको निर्माण कार्य सम्पन्न भैसकेको छ । शाखाका अध्यक्ष जिवन लामाका अनुसार आगामी बैशाख महिना भित्रै भवनको एक तलासम्म निर्माण कार्य सक्ने तयारी छ । “भवन निर्माणका लागि सरकारी तथा गैरसरकारी निकाय तथा व्यक्तिहरुबाट सहयोग जुट्ने क्रम जारी छ, थप सहयोग जुटाएर छिट्टै पहिलो तल्लाको काम सुरु गर्छौँ उनले भने ।”
विभिन्न व्यक्ति तथा संस्थाहरुले आफ्नो बार्षिकी, जन्मदिन, पुरस्कार,, तलवभत्ता बापतको रकम महासंघको भवन निर्माणका लागि सहयोग प्रदान गर्दै आएका छन् । भवन निर्माणका लागि जिवन लामा नेतृत्वको कार्यसमिति आएपछि करिव डेढ बर्षको अबधिमा ११ लाख रुपैयाँ भन्दा बढि रकम संकलन भैसकेको छ । त्यसमा सबैभन्दा बढि भिमेश्वर नगरपालिकाले ६ लाख रुपैयाँ बरावर अनुदान सहयोग गरेको छ ।
पत्रकार महासंघ दोलखा शाखाले सुचना केन्द्र, फोटा ग्यालरी, तालिम हल, पस्तकालय, संग्रहालय सहित अत्याधुनिक भवन निर्माण गर्न लागेको हो ।
महासंघका पुर्ब अध्यक्ष राजेन्द्र मानन्धरको कार्यकाल देखिनै भवन निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको थियो । तर बिविध कारण भवन निर्माण कार्य भने ढिलोगरी सुरु भयो । मानन्धर नेतृत्वको दुई कार्यकाल अबधिमा २९ लाख ३१ हजार २ सय ९१ रुपैयाँ बरावर सहयोग जुटेको थियो । त्यसपछि उद्धव पोखरेल नेतृत्वको कार्यकालमा सहयोग जुटाउने काम भएन ।
हाल लामा कार्यकालको डेढ बर्षको अवधिमा ११ लाख ३९ हजार ३ रुपैयाँ बरावरको आर्थिक सहयोग प्राप्त भएको छ । भवन निर्माणका लागि अहिलेसम्म कुल ४० लाख ७० हजार ३ सय ९४ रुपैयाँ बरावरको सहयोग जुटिसकेको देखिएको छ । अन्य व्यक्ति संस्थाहरुले पनि सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
भवन निर्माणका लागि डेढ बर्ष यता प्राप्त आर्थिक सहयोगको विवरण
भिमेश्वर नगरपालिका ः ६,०००००
कालिञ्चोक दर्शन लिमिटेड ः १,०००००
प्रभु श्रेष्ठ ः १,०००००
विदुर शर्मा ः ५०,०००
भुवन शिवाकोटी ः ५०,०००
केन्द्रिय गलैचा उद्योग संघ(छिरीङ शेर्पा) ः ३०,०००
रुद्र बहादुर खड्का ः २५,०००
दोलखा सामुदायिक अस्पताल ः २५,०००
दिव्य एग्रिगेड इन्डष्ट्रिज प्रा.लि ः १८,०००
भगवती श्रेष्ठ (ड्रिम्स क्याफे) १५,५५५
उद्धव प्रसाद पोखरेल ः ६,५००
नवराज न्यौपाने ः ५,१००
जीवन लामा ः १०,०००
कृष्ण बहादुर बस्नेत ः १०,०००
तारा बस्नेत (इजरायल) ः ५,०००
उषा पाख्रीन ः ५,०११
गायत्री आर्चाय ः ५,१११
अनिमेश श्रेष्ठ ः ५,५००
रामचन्द्र के.सी ः ५,५५५
पशुपति फेन्सी स्टोर(गोविन्द श्रेष्ठ) ः १०,००१
शुभकामना होटल ः ११,११०
अम्बिका के. सी ः ५,०५५
जनहित बहुउद्देशीय सहकारी संस्था ः ११,१११
प्रगती बचत तथा रिण सहकारी संस्था ः १०,००५
स्वआर्जन साना किसान तथा कृषि सहकारी ः५,५५५
परोपकार महिला साकोसः ५०००
दोलखाली युवा समाज मलेसिया ः ११,०००
सुर्योदय सहकारी संस्था लि ः ५,०००
हितैशी बहुदेश्यीय सहकारी संस्था लि. ः १०,०००