नेपाली सेनाका जवान लाई बगायो तमाकोशी नदिले!

Saturday, October 20th, 2018 |

बैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षत्रपाका स्थायी बासिन्दा नेपाली सेनामा कार्यरत रत्न बहादुर श्रेष्ठलाई आज तामाकोशी खोलाले बगाएको खबर छ!

दिनको करिव १ बजेतिर पौडी खेल्ने क्रममा उनलाई तामाकोशी नदिले बगाएको थियो! नदिले बगाएर बेपता भएका श्रेष्ठलाई उनको खोजी कार्य भैरहेको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ का वडाअधक्ष्य रमेश कुमार अधिकारिले बताएका छन साथै थप खोज र अनुसन्धान तथा उद्दारको लागि इलाका प्रहरी कार्यालय मैनापोखरी,दोलखा र सिङ्गटिलाई जानकारी दिइएको र अहिले खोजी कार्य भैरहेको खबर वडाअधक्ष्य अधिकारिले बताएका छन!

 

VIEWS: 641