समाजसेवी राजा रमेश खडका द्वारा क्षत्रवती युवा संजाललाई भवन निर्माणमा सहयोग

Friday, October 19th, 2018 |

 

कार्तिक,१, दोलखा


बैतेश्वर गाउँ पालिका वडा नम्बर ८ क्षत्रवती युवा संजाल ले दशै बिशेष शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ!

सोही अवसरमा बौतेश्वोर गाउँ पालिका वडा नम्बर ७ का स्थायी बासिन्दा रमेश कुमार खड्का ले क्षत्रवती युवा संजाल बैतेश्वर ८ को भवन निर्माण का निमित ५००० रुपैयाँ सहयोग गरेका छन् ।

२०७२ सालमा स्थापना भएको क्षत्रवती युवा संजाल ले आयोजना गरेको दशै बिशेष कार्यक्रम को अबशरमा आधुनिक मार्वुटार समाज विकास नेपालका कोषाध्यक्ष खड्का ले उत्कृष्ट नृत्य प्रदर्शन गर्ने युनिका मिजारलाई नगद रु २००० पुरस्कार बितरण गरेका थिए!

 

युवा संजाल का सचिब रमेश श्रेष्ठ द्वारा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ८ अध्यक्ष रमेश अधिकारी ले भवन निर्माण को निम्ति वडा कार्यलय बाट पनि दुइ लाख पचास हजार रकम बिनियोजन गरेको घोषणा सार्वजनिक गरेका थिए!

क्षत्रवती युवा संजाल ले निर्माण गर्न लागेको भवन को निमित साझाबोली डटकमको तर्फबाट कार्यकारि ब्यबस्थापक पुष्कर अधिकारिले पनि रु ५००० सहयोग गर्ने भएका छन।

VIEWS: 1414