दशैँको उपलक्षमा थप सेवा सुविधा, प्रवास भिजन इन्भेष्टमेण्ट प्रा.लि.

Saturday, October 13th, 2018 |

असोज,२७, दोलखा


प्रवास भिजन इन्भेष्टमेण्ट प्रा.लि. शाखा कार्यालय चरिकोट दोलखाले विजया दशमी तथा शुभ दिपावली को पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम को आयोजना गरि कम्पनीमा काम गर्ने सम्पूर्ण कर्मचारी लाई प्रोत्साहन स्वरुप दशैँ खर्च वितरण गरेको छ ।

प्रवास भिजन शाखा कार्यालय चरिकोट दोलखाको आफ्नै कार्यालयमा सम्पन्न उक्त कार्यक्रमलाई कम्पनीका सचिव कुमार श्रेष्ठले संचालन गर्दै नजिकिदै गरेको विजया दशमी तथा दिपावली को शुभकामना दिएका थिए ।

कम्पनीले हालसम्म गरेका गतिविधिहरुलाई भिजन मा आवद्ध ११ जना कर्मचारीहरु द्धारा समिक्षा गर्दै कम्पनीका कार्यकारी निर्देशक विजय दुलाल ले विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दै आज का दिन सम्म भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्न कम्पनी मा विभिन्न जिम्मेवारी लिएर काम गरिरहेका सदस्यहरुलाई आव्हान गरेका छन् ।

कार्यक्रमको अन्तमा कम्पनी का अध्यक्ष हरि खत्री ले हाम्रो ऐक्यबद्धता को कारण विश्व सामु हामी चिनिन सकेका कारण अगामी दिनमा पनि हात मा हात मिलाई अझ मजबुत भई अगाडि बढ्न सम्पूर्ण सदस्यलाई आग्रह गर्दै नजिकिदै गरेको विजया दशमी तथा शुभ दिपावली को अवसरमा सम्पूर्ण नेपाली हरुलाई शुभकामना व्यक्त गरेका थिए ।

VIEWS: 351