दोलखाली यूवा समाज मलेसियाद्धारा पत्रकार महासंघ दोलखालाई आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ दोलखा भवन निर्माण कार्यको लागि दोलखाली यूवा समाज मलेसिया ले आर्थिक सहयोग रु. ११,००० (अक्षरुपी रु. एघार हजार) गरेको छ ।
मलेसिया मा रहेका प्रवासी दोलखालीहरुलाई आई परेको समस्यालाई समाधान गर्न को निमित र यत्रतत्र छरिएर रहेका प्रवासी दोलखालीहरुलाई एउटै छत्रछाँयामा गोलबन्द गराई आपसी समन्वय कायम गर्नको निमित २०७३ सालमा बैतेश्वर गाउँपालिका वडा नं १ गैरिमुदिका कुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको उक्त सामाजिक संस्थाले हालसम्म विभिन्न सेवामुखि सहयोग प्रवाह गर्दै आइरहेको छ ।
मलेसियामा रहँदाको वखतमा दोलखाली हरु मात्र नभई अन्य जिल्लाका प्रवासी साथीहरुलाई पनि विभिन्न सहयोग गर्दै आइरहेको यस संस्थाले हाल दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा निर्माण भइरहेको नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको नमुनायोग्य भवनको निमित पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहाकार कुमार श्रेष्ठले महासंघका अध्यक्ष जीवन लामालाई आर्थिक सहयोग हस्तान्तरण गर्दै निर्माधिन यो भवनको निमित यसरी सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरेका छन्
पत्रकारीता क्षेत्रमा हुने गरेका विकृति, विसंगतिको अन्त्य गर्दै आगामी दिनमा पनि हरेक तहका सहि, सत्य, पारदर्शि र निष्पक्ष समाचार सम्प्रेषण गर्ने कार्यमा नेपाल पत्रकार महासंघ निरन्तर रुपमा अगाडी बढिरहन सकोस भन्ने कामना सहित यो सहयोग गरका हौँ, संस्थाका वर्तमान अध्यक्ष रमेश बस्नेतले बताए ।
सहयोग हस्तान्तरण कायक्रमको अन्त्यमा पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जीवन लामाले भवन निर्माण कार्यमा सबै क्षेत्रबाट निर्माण सामग्री लगाएत आर्थिक सहयोग प्राप्त भईरहेको बेलामा दोलखाली यूवा समाज मलेसियाले गरेको यो सहयोग लगायत प्रवास भिजन इन्भेष्टमेण्ट प्रा.लि. ले गरेको प्रत्यक्ष तथा अप्रत्यक्ष थुप्रै सहयोग हरु प्रति नेपाल पत्रकार महासंघ आभारी रहेको बताएका छन् ।