१० जनाद्धारा एक किशोरीको सामूहिक बलात्कार
असोज,१३, दोलखा
कालिकोटको खाँडाचक्र गाउँपालिका मा १९ वर्षिया एक युवतिको १० जना यूवाको सामुहिक बलात्कार भएको छ ।
असोज १० गते बेलुकी धिमाल देवताको मेला सकेर घर फर्कदै गरेकी यूवतीलाई १० जनाको यूवा जमात ले नानाथरि भनेर हात समाई जबरजस्ती तानेर खोल्सामा लगि बलात्कार गरेका हुन ।
तीन जनाले दुव्र्यवहार गर्दा सम्म थाहा भएको र त्यसपछि अरुले गरेको दुव्र्यवहार आफूले थाहा नपाएको भन्ने बयान बलात्कृत यूवतीले दिइएकी छिन्।
असोज ११ गते जाहेरी दर्ता जिल्ला अदालतबाट ६ दिनको म्याद थपि अनुसन्धान भइरहेको यो अपराधिक घट्नालाई लुकाउने प्रयास स्थानीय तहबाट भएता पनि कोही कसैको धम्किमा नपरी अनुसन्धान गरिने अनुसन्धान अधिकृत निरोज चौँलागाईले बताउनु भयो ।
घटनाको अनुसन्धान को क्रममा ८ जना पक्राउ परिसकेको यो स्थितिमा जुनसुकै तहबाट जस्तोसुकै दबाब आएता पनि अपराध अनुसारको कारबाही गर्ने आफ्नो दायित्व भएको प्रहरि प्रमुख विनोद शर्माले बताउनु भयो ।