दुृलहीलाई बलात्कार गरेको आरोपमा दुलाहा पक्राउ

Wednesday, September 26th, 2018 |

असोज,१०, दोलखा


दोलखा को भिमेश्वर नगरपालिका जिलुमा विवाहको तयारी हँुदै गर्दा बलात्कार को आरोपमा दुलाहा पक्राउ परेका छन् । सामाजिक मुल्य र मान्यता अनुसार विवाह गरि दुलाहा दुलहीलाई घर भित्र्याउने तयारी भइरहेको बेला १६ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा दुलाहालाई पक्राउ गरिएको हो । १२ पढ्दै गरेकी किशोरीले ७ कक्षा पढ्दा देखि नै बिहे गर्ने आश्वासन दिँदै आफूलाई विहेको प्रलोभनमा पारेर शान्तिले बलात्कार गरेको आरोप लगाए भएको दाबी गर्दै ती किशोरीले उजुरी दिने बितिकै दुलही भित्राउने कार्यक्रममा नै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा नै दुलाहा शान्ति पक्राउ परेको खबर आजको कान्तिपूर दैनिकमा प्रकाशित भएको छ ।

संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ बर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउन प्रयास १६ बर्षीया किशोरीको उजुरीले विफल भएको छ ।

VIEWS: 260