यूएईका नेपाली व्यवसायी द्धारा निशुल्क प्राथमिक उपचार तालिम संचालन हुँदै
असोज,८, दोलखा
विदेशमा रहँदा त्यहाँको आर्जित सम्पति मात्र नभई आफूले सिकेको ज्ञान,सीप र जीवन उपयोगी कलाहरुलाई नेपालमा सहि सदुपयोग गर्न सकियोस भन्ने उद्धेश्य लिएर यूएईका सफल व्यवसायी ओम उप्रेति पुनः दाश्रो पटक निशुल्क प्राथमिक तालिम आयोजना लिएर आउँदैछन् ।
डिस्कभरी रोयल स्पोर्टर एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक ओम उप्रेती गते चैत्र १ गते बाट पनि नेपालका विभिन्न ठाउँहरुमा पहिलो चरणको यो अभियान संचालन गरेको थिए भने अहिले असोज १३ गते बाट स्याङ्गजा जिल्ला बाट यो अभियान संचालन गरिने बताएका छन् ।
आगामी १३ असोजमा स्याङ्जाबाट शुरु गरिने यो अभियान पाल्पाको रामपुरमा असोज १४ गते सम्पन्न हुनेछ ।त्यसै गरि असोज १५ गते गुल्मिमा र असोज १६ गते बुटवलमा निःशुल्क प्राथमिक तालिम आयोजना हुनेछ ।असोज १९ गते सर्लाही, असोज २० गते इटहरी, असोज २१ गते मोरङको बेलवारी मा हुनेछ भने असोज २२ गते झापामा समापन कार्यक्रम हुनेछ ।
विदेशबाट पैसामात्र होइन, सीप, ज्ञान र नयाँ चेतना पनि नेपाल भित्र्याउनपर्छ भन्ने उनको पहिलेदेखिकै धारणा अनुसार आफूसँग भएको ज्ञान र सीपलाई जति नै अरुलाई बाँडन सकियो त्यति नै सीप क्षमता र दक्षताको वृद्धि हुने तथा अरुको भलो हुने कुरा उनले आफ्ना आमाबुबाट सिकेको सुनाउछन् ।
हरेक क्षेत्रमा आवद्ध मानिसहरुलाई हुन सक्ने आपतकालिन दुर्घटनालाई केहि हदसम्म भए पनि दुर्घटना स्थलमा नै गर्न सकिने सामान्य उपचारको बारेमा ज्ञान सबै नेपाली दाजुभाईहरुमा रहन सकोस र आफूले नै संयमता अपनाई सो घटना बाट विचलित हुन नसकुन भन्ने मूल उद्धेश्यको यो अभियान रहेको निर्देशक उप्रति बताउँछन् ।