३ नम्बर प्रदेश राजाधनी सार्ने चलखेल भएको मुख्यमन्त्रीको गुनासो

Sunday, September 23rd, 2018 |

७ असोज, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले राजधानी सार्ने चलखेल सुरु भएको भन्दै गुनासो गरेका छन् ।

चुनावी सरकारले अस्थायी राजधानी हेटौंडालाई तोकेपनि फेरी सार्ने चलखेल सुरु भएकाले सचेत हुन स्थानीयलाई उनले आग्रह समेत गरे । प्रदेश राजधानीका लागि हेटौडामै आवश्यक संरचना तयार भएपनि राजधानी सार्न खेल माथिल्लो तहबाटै सुरु भएको उनको गुनासो छ ।

हेटौंडामा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘राजधानी हेटौंडामा नराख्ने पक्ष देखिन थालेको बताए । हेटौंडामै प्रदेशको राजधानी कायम राख्नका लागि सहयोग गर्न उनले सञ्चारकर्मीहरुलाई पनि आग्रह गरे । पछिल्लो पटक बसेको प्रदेश संसदको बैठकमा सांसदहरुले प्रदेश राजधानी बारेको सम्भाव्यता अध्ययन प्रतिवेदन अपहरणमा परेको भन्दै गम्भिर आपत्ती समेत प्रकट गरेका थिए । राजधानीका सम्बन्धमा सांसदहरुकै सक्रियतापछि मुख्यमन्त्री पौडेलको यस्तो भनाई आएको बताईएको छ ।

VIEWS: 429