जनमुखि २२ औँ बर्षमा प्रवेश, ६६ करोड बरावरको कारोबार
५ असोज, दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका स्थित जनमुखि बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार आफ्नो २२ औँ बार्षिक उत्सव मनाएको छ ।
बैत्यश्वर गाउँपालिका ५ मैनापोखरी स्थित आफ्नै कार्यालयमा विशेष समारोहकाबीच जनमुखिले आफ्नो २२ औँ स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि, ३ नम्वर प्रदेशसभाका सांसद पशुपति चौलागाईले उद्घाटन गरे । कार्यक्रमलाई सम्वोधन गर्दै चौलागाईले सहकारीहरुको संख्या बढेको भन्द्यदै एकिकरण हुनुपर्नेमा जोड दिए । सहकारीहरु वचत र ऋणको कारोवारमा केन्द्रित नभई अव सामाजिक विकास र समृद्ध समाज निर्माणमा योगदान पुर्याउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले १५ हजार ७ सय ३० जना सेयर सदस्य सङ्ख्या पुगेको ६५ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार सहकारीले गरिरहेको जानकारी दिए ।
कार्यक्रममा वैत्यश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जिवसराज खड्का, जनसचेतन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिम प्रसाद दाहाल, पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर लगाएतले मन्तव्य व्यक्त गरे ।