निर्मला बलात्कार प्रकरणमा निलम्वित एसपी विष्टको डिएनए परिक्षण

Thursday, September 13th, 2018 |

२८ भदौ । काठमाडौँ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनापछि निलम्वित एसपी डिल्ली बिष्टको पनि डीएनए परीक्षण गरिएको छ । बिष्टलाई अनुशन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बन गरिसकिएको छ ।

उनको डीएनएका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका हुन् ।

मृतकको योनीबाट लिइएको स्वाबुको डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्त भनिएका दीलिपसिंह विष्टसँग नमिलेपछि एसपी विष्टको डीएनए परिक्षण गरिएको हो । दीलिपसिंहलाई भने छाडिसकिएको छ ।

आज विहान डीएनए परिक्षणका लागि आफुले निलम्वित एसपी विष्टबाट नमुना संकलन गरेको डा. वस्तीले पुष्टि गरे । उनका अनुसार डीएनए रिर्पोट आउन बाँकी छ ।

VIEWS: 210