बलात्कार प्रयासको आरोपमा रामेछापमा बालिकाले गरिन् हजुरवुवाको हत्या

Thursday, September 13th, 2018 |

२८ भदौ, रामेछाप । रामेछापमा बलात्कार प्रयास गर्दा एक वृद्धले ज्यान गुमाउनु परेको छ । नातिनी नाता पर्ने बालिकालाइ बलात्कार गर्दा रामेछाप नगरपालिका–७ मुढाजोरका ६५ वर्षीया पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो । उलाई बिहीबार विहान नातिनीले प्रहार गरेको रड लागेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएकी १३ वर्षीया नातिनीलाई बारीकान्लामा पुगेर श्रेष्ठले बलात्कारको प्रयास गरेपछि बालिकाले उनीमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए । घटनास्थलबाट उम्किन सफल बालिकाले घरबाट रड लिएर श्रेष्ठलाई प्रहार गरेकी थिइन् ।

प्रहरीका अनुसार घटना पछि बालिका १ जना साथी लिएर आत्मासमर्पणका लागि रामेछाप प्रहरी चौकीमा पुगेकी थिइन् । बलात्कारको प्रयास गर्ने श्रेष्ठ अविवाहित रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई हिरासतमा राखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वृद्धको शव मुचुल्कापछि पोष्टमार्टमका लागि रामेछाप जिल्ला अस्पतालमा राखिएको छ ।

VIEWS: 425